२०८० माघ ९ काठमाडौ । बैंक अफ दि इयर–२०२३’ को उपाधि जित्ने प्रभु बैंकले सेयर होल्डरलाई लाभांश नदिने भएको छ । आर्थिक वर्ष २०७९-८० को मुनाफाबाट लाभांश नदिने भएको हो । माघ ८ गते सम्पन्न संचालक समितिको बैठकले सेयर लगानीकर्ताहरु लाई लाभांश नदिने निर्णय गरेको हो ।

प्रभु बैठकले २०७९-८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय समेत गरेको छ ।

“प्रभु बैंकले खराब कर्जा बढ्दै गएको, बैंकको नाफा समेत घटदै गएको देखिको छ । प्रभु बैंकको सिओले नेपालका अन्य बाणिज्य बैंक सिओ को भन्दा धेरै तलबभत्ता बुझ्दै आएको खबर छ । प्रभु बैंकले किष्ट बैंक सेन्चुरी बैंक सग मर्ज गरेर रास्ट्रीय स्तरको ठूलो बाणिज्य बैंक बनेपनि बैंकले राम्रो आम्दानी गर्न सकेको छैन हाल बैंकमा खराव कर्जा बढेको समाचार छन।”

´एक सेयर होल्डर नाम उल्लेख नगर्ने सर्तमा बताउछन् ।
प्रभु बैंक बाट सीईओ अशोक शेरचनले तलब भत्ता बापत बार्षिक ४ करोड ३ लाख २० हजार रुपैयाँ लिएको बताउनुहुन्छ।  प्रभु बैंकबाट यति धेरै तलवभत्ता बुझ्ने सिईओ ले राम्रो सग काम नगरेको, प्रभु बैंकका संचालकले समेत सेयर होल्डरलाई बेवास्ता गरेको, सिईओले तलव भत्ता मात्रै पचाउने काम गरेर सेयर लगानीकर्ता लाई अपमान गरेको छ भन्नुहुन्छ। संचालक र सिईओ ले राम्रो काम गरेको भए अन्य बाणिज्य बैंक भन्दा उत्कृष्ट बैंक बन्ने थियो तर संचालक टिम , सिईओ, बैंकका अफिसर र केही कर्मचारीहरुले ईमन्दारीको साथ काम नगरेको कारण प्रभु बैंक दिनप्रतिदिन खराब दिशा तर्फ अगाडि बढेको हो भन्नुहुन्छ ।`