२०८० माघ ९ काठमाडौं । सेयर बजार नेप्से सूचक आज ०.४० विन्दुले घटेर २०९८.२९ अंकमा झरेको छ । कारोबार रकम अघिल्लो दिनको भन्दा घटेको छ । आज ४ अर्ब माथिको सेयर कारोबार भएको छ । बजार यो हप्ता निरन्तर ओरालो लागेको छ । गत दुई हप्ता अगाडि एक साता नेप्से बढेको थियो । सेयर बजार नेप्से ३२०० बाट घटेर १८०० आसपास रहेको छ। ३२०० नेप्से हुँदा सेयर किनेर आज सम्म होल्ड गरेर बस्नेको सेयर भाउ सावाँ ब्याज जोडने हो भने ६५% हाराहारीमा नोक्सानी भएको छ ।

“नेपालको छिमेकी मुलुक चीनले आफ्नो देशको सेयर बजारमा आएको गिरावट रोक्नलाई उद्धारको प्याकेजको घोषणा गर्ने तयारी गरेको समाचार छन ।  चिनिया ‘ब्लूमबर्गका’ ले जनाए अनुसार चिनियाँ राज्यको स्वामित्वमा रहेका उद्यमहरुको खाताहरुबाट करिबकरिब २ ट्रिलियन युआन (२७८ अर्ब डलर) सेयर बजारमा आएको गिरावट रोक्नलाई उद्धारको लागि परिचालन गर्ने तयारी गरिरहेको समाचार छन । तर नेपाल सरकारले सेयर बजार लाई सौतेनी व्यबहार गरेको जस्तो देखिन्छ । सेयर बजारमा कारोबार बढ्यो भने अनेक नकारात्मक नितिगत निर्णय गरेको देखिन्छ ।”