२०८० पौष २६ काठमाडौ । काठमाडौ महानगरपालिका भित्र जो कोही नागरिक बिरामी पर्दा काठमाडौ महानगरपालिकाले २४सै घण्टा निशुल्क एम्बुलेन्स सेवा घर कोठामै पुगेर उपलब्ध गराईरहेको महानगरपालिका श्रोतले जनाएको छ ।

फ्री एम्बुलेन्स सेवा लिन काठमाडौ महानगरपालिकाको हटलाईन नम्बर 👉️१०२👈️मा फोन गरेपछि एम्बुलेन्स: बिरामी भएकै स्थानमा पुगेर अस्पताल सम्म निशुल्क रुपले बिरामीलाई पुर्याउने सेवा सुविधा दिईरहेको काठमाडौ महानगर पालिका श्रोतले जनाएको छ । यो सेवा सुविधा मेयर बालेन साहले सुरु गरेका हुन ।