२०८० पौष २५ काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले भारत लगाएत अन्य देशका लगानीकर्तालाई नेपालमा २०८१ वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनमा सहभागी हुन निम्तो दिएका छन् ।

ईन्डियाको गुजरातमा आयोजित भाइब्रेन्ट गुजरात ग्लोबल समिट २०२४ मा सहभागी विभिन्न देशका राष्ट्रप्रमुख, मन्त्रीहरु र लगानीकर्ताहरुलाई सम्बोधन गर्दै मन्त्री डा. प्रकाशसरण महतले निम्तो दिएका हुन् ।