२०८० पौष २२ काठमाडौं : ग्लोबल आईएमई बैंकले १७औं बार्षिकोत्सवको मनाएको छ । सो अवसरमा लुम्बिनी र कर्णाली प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको बैंकले जनाएको छ ।

लुम्बिनी प्रदेश अन्तर्गत पाल्पाको रैनादेबी छहरा गाउँपालिका–४ स्थित छहरा स्वास्थ्य चौकी र कर्णाली प्रदेश अन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ जर्बुटा स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको बैंकले जनाएको छ ।

लुम्बिनी प्रदेशमा २०० र कर्णाली प्रदेशमा १५० भन्दा बढी महिलाहरुले आफ्नो स्वास्थ्य चेकजाँच गराएको बैंकले जानकारी दिएको छ ।

ग्लोबल बैंक पुस १७ गते देखि १८ औं वर्षमा प्रवेश गरेको हो । बैंकले बार्षिकउत्सव अन्तरगत विभिन्न सामाजिक परोपकारका कामहरू संचालन गर्दै आएको बैंकले जनाएको छ।