२०८० पौष २० काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष रमेश कुमार हमाल को कार्यकाल आज पुस २० गते सकिएको छ । हमलाले २१ महिनाको कार्यकाल सम्हालेका थिए । भीष्मराज ढुंगाना पछि हमाल अध्यक्षमा नियुक्त भएका थिए । उनको सेवा २०७८ फागुन ५ गते बाट सुरु भएको थियो ।
“हमालले नेपालको पुँजी बजारको समृद्धि र बिकासको केही महत्वपूर्ण कामहरु गरेका छन् । बुक बिल्डिङबाट सेयर जारी गर्ने नीति नियमलाई कार्यन्वयन गर्ने हमला हुन । हमालको पालामा सेयर बजारमा आईपिओ को भेलबाढी नै आएको थियो । रमेश कुमार हमालको पालामा सेयर बजारमा करोडौं सेयर कित्ता थपिएको छ। हमालको बिदाई हुँदा सम्म नेप्से ३२०० बाट घटेर १८०० आसपास रहेको छ ।”