२०८० पौष १८ काठमाडौं । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को सब भेरियन्ट जेएन. १ को जोखिम बढेकोले सवै नेपाली नागरिकहरूलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै नेपालमा सब भेरियन्टको जोखिम बढीरहेको छ साथै छिमेकी देशहरुमा समेत संक्रमण बढेकोले स्वास्थ्य सतर्कता अपनाउन अनुरोध गरेको छ । सब भेरियन्ट छिमेकी देश भारतमा पनि पुष्टि भइसकेको छ ।

नेपालमा पुष्टि हुन बाकी भएपनी सब भेरियन्ट संक्रमण फैलिने उच्च जोखिम रहेकोले बढी भिडभाड हुने ठाउँमा जनस्वास्थ्यका मापदण्ड सुरक्षा सतर्कता पालना गर्न, मास्कको प्रयोग गर्ने! भौतिक दूरीलाई कायम राख्दै हातको सरसफाइमा ध्यान दिन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ नेपाली नागरिकलाई आग्रह गरेको छ ।