२०८० पौष १४ काठमाडौ । नाबालिक बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर खेलाडी सन्दीप लामिछानेको मुद्दा जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासमा मिति:२०८० पौष १३ गते शुक्रबार चढेको पेशीमा वरिष्ठ कानुन व्यबसायीको बहस पैरवी सकिए पछि लामिछाने नाबालिका बलात्कार आरोपमा दोषी ठहरिएका छन।
लामिछाने लाई कति सजाय, कसुर निर्धारण गर्ने भन्ने बारे पुस २५ गते पेशी तोकिएको छ। पुस २५ गतेको पेशीले सजाय निर्धारण गरिने काठमाडौ जिल्ला अदालत श्रोतले बतायो । २०७९ भदौ २१ मा काठमाडौंस्थित प्रहरी वृत्त गौशालामा उनीविरुद्ध नाबालिगमाथि बलात्कार गरेको उजुरी परेकोमा सन्दिप लामिछाने विरुद्ध कात्तिक १४ गते जिल्ला अदालत काठमाडौमा जबर्जस्तीकरणी मुद्दा दर्ता गरिएको थियो।
सो मुद्दामा कात्तिक १५ मा पहिलो पेसी चढेको थियो। कात्तिक १८ मा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलास बाट लामिछाने लाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको थियो। त्यसपछि लामिछाने करिब तीन महिना थुनामा बसेका थिए। लामिछाने द्वारा थुनामा पठाउने जिल्ला अदालत काठमाडौ को आदेशविरुद्ध उच्च अदालतमा निवेदन गरेका थिए।
उनको निवेदन माथी उच्च अदालत पाटन बाट २०७९ पुस २८ गते उच्च बिस लाख रूपैयाँ धरौटीमा छाड्ने आदेश भएको थियो । उक्त आदेश विरुद्ध महान्यायाधिवक्ता कार्यालय बाट सन्दीप लामिछाने लाई थुनामा राख्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो । सन्दीप लामिछाने दोषी ठहरिए पनि धरौटीमा लामिछानेले बाहिरै बसेर पुनरावेदन गर्न पाउने अधिकार कानुनमा रहेको कानुन व्यबसायीहरू बताउछन्।