२०८० पौष १३ काठमाडौ । रोजगारीको लागी कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएको आवेगमा युवाहरूले भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर हावा फुस्काएर आगो लगाईदिए पछि प्रदर्शनकारी र प्रहरी बिच झडप हुँदा जुम्ला घर भैई भक्तपुर बस्ने बर्ष २३ का सुजन राउत र वीरेन्द्र शाहको मृत्यु भएको छ । प्रदर्शनकारीले मन्त्रीको गाडी पुर्ण रुप जल्ने गरि आगो लगाईदिएका छन ।