२०८० पौष ७ काठमाडौ । कास्किको पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माथि खोया प्रहार भएको छ । पोखराको अमरसिंहचौर स्थित खेल मैदानमा चलिरहेको आम सभामा भाषण गरिरहेका लामिछाने माथि एक युवकले:  खोया प्रहार गरेको सहभागीहरुले बताएका छन । लामिछाने भाषण गरिरहेको स्थानको अगाडीबाट युवकले खोयाले हानेको सहभागीहरुले बताएका छन् ।

खोया प्रहार गर्नेलाई पक्राउ गरिसकेको कास्की प्रहरी प्रमुख एसपी मोहनबहादुर थापाले बताए । ती व्यक्ति लमजुङका २८ वर्षीय सन्तोष रानाभाट रहेको प्रहरी श्रोतले बतायो ।