सम्पादकीय
२०८० असोज १६ काठमाडौ । २०११ सालमा नेपालमा भोकमरी लाग्यो । ११ सालको भोकमरीमा रामेछापका जनता खाना नपाएर रामेछाप बाट ४ दिन हिडेर चामल माग्न सयौं रामेछापेलीहरू काठमाडौ पुगे । ´राजाले १० पाथी चामल दिएर भने रामेछापको सिडिओ लाई बुझाउनु अनि सिडिओले जति दिन्छन् त्यति लिनु , खानु` । सयौं रामेछापेलिले पाएको चामल खुसी हुँदै भारी बोकेर काठमाडौ बाट रामेछाप सम्म ६ दिन लगाएर पुर्याए । त्यो चामल बाटोमा १८ माना जति भात खादा सकियो । त्यही चामल तत्कालीन रामेछाप जिल्ला पन्चायतको सिडिओले चामलमा कमिसन नपाएको झोकमा सवै लाई मुद्दा चलायो। “त्यतिबेलाको राजाले पन्चायत चलाउथ्यो अनि पन्चायतले राजा चलाउथ्यो”।
त्यतिबेला गोरेटो बाटो बाहेक थिएन । तर काठमाडौमा चामल बोक्न ढुवानी गर्न मिल्ले दुईचार वटा हेलिकप्टर हवाईजहाज भने काठमाडौमा बस्ने राजा सग स्ट्यानबाई हुन्थ्यो । सयौंको संख्या काठमाडौ चामल माग्न आउनेको बाटोको दु:ख लाई ध्यान दिएर राजाले किन हवाईजहाज मार्फत चामल ढुवानी गरिदिएनन ? राजाको उद्दारता यहि थियो त ! १०औं दिन लगाएर लगेको १० पाथी चामल त्यतिबेला कोहि कसैले सिडिओ लाई नबुझाई आआफ्नो घर लगेर भात बनाएर खाए । अर्कोतिर सिडिओ लाई नबुझाएको भन्दै चामल खाएको कारण तत्कालीन पन्चायतको सिडियो र प्रधानपन्च मिलेर दस पाथी चामल खाने सयौं रामेछापेली जनता सवैलाई मुद्दा चलायो र राजाले पनि मुद्दा चलाएकोमा सिडिओ लाई बिशेष धन्यवाद दिए । यो कथा सत्य घटना सग मेल खाएर रामेछाप जिल्लाका २०११ सालतिरका तत्कालीन राजाको नेतृत्वमा रहेका प्रशासक, हाकिम र कोहि कसैको जिवनी अनि राज्य सत्ताको गतिविधि सग मेल खाए; माफी माग्न चाहान्छु” धन्यवाद ।