२०८० असोज १६ काठमाडौ । नेपालको ईन्टरनेट प्रदायक कम्पनी नेपाल टेलिकम हुँदाहुँदै एनसेल कम्पनी नेपाल किन भित्र्याईयो ? यो बिषयमा नेपाली जनताले अध्यन विश्लेषण अनुसन्धान गर्नु जरुरी छ । नेपाल टेलिकमले गर्ने काम र एनसेलले गर्ने काम एउटै प्रकृतिको रहेको छ । एउटै प्रकृतिको काम गर्ने शक्तिशाली कम्पनी नेपाल टेलिकम नेपालमा हुँदाहुँदै बिदेशीलाई धनी बनाउने एनसेल कम्पनी नेपालमा किन जरुरत भयो ? नेपाली जनताको ध्यान यसतर्फ किन गएको छैन ? नेपाल टेलिकमले कमाएको पैसा नेपाल भित्रै हुन्छ तर एनसेल कम्पनीले नेपालमा अर्वौ कमाए बिदेश लैजान्छ यो कुरामा नेपाली जनताको ध्यान किन गएको छैन ? नेपाल टेलिकमको नेटवर्क भएकै ठाउँमा टेलिकमको नेटवर्कले राम्रो सग काम गर्दैन तर एनसेलको नेटवर्क राम्रो सग चल्छ यस्तो किन ?

एनसेलले नेपाल बाट अर्वौ कमाएर बिदेस लान्छ तर नेपाल सरकारले ध्यान किन नदिएको ? नेपाल टेलिकमकै नेटवर्क प्रयोग गरेर एनसेल ले खर्वौ कमाईरहेको छ र खर्वौ नेपाली पैसा बिदेश लगीरहेको छ तर पनि सरकार मौन छ किन ? एनसेल कम्पनीले नेपालको हावा आकाश बेचेर खर्वौ नेपाली रकम बिदेश लगिरहेको छ किन ? नेपाल टेलिकम र एनसेल कम्पनी मिलिमिली बसेको देखिन्छन् किन ?

नेपाल टेलिकम र एनसेल बिचको साईनो बारे संखा आसंखा यसरी गर्ने कि……..
* एनसेल सग नेपाल टेलिकमले भित्री गोप्य रूपमा कमिसन खाएको त छैन ?
* “नेपाल टेलिकमले हाम्रो सेवा सुविधा कमसल बनाईदिन्छौ, तपाई एनसेल कम्पनीले सेवा सुविधा राम्रो चुस्त दुरुस्त बनाउनुस यस्तो गरे बापत हामि टेलिकमका हाकिम प्रमुख लाई विशेष फाईदा होस भन्ने सहमति गरेका त छैनन् टेलिकमका हाकिमहरू र एनसेलका संचालकहरूले मिलिजुली ? अर्कोतिर दुरसंचार हेर्ने मन्त्री नेपाल टेलिकम र एनसेल बिच केही साईनो छ कि छैन ? एनसेल ले नेपाल लाई  फाईदा भन्दा हानी पुर्याएको बारे अध्यन अनुसन्धान गर्ने बारे प्रष्ट भएको देखिदैनन।

“एनसेल कम्पनी नेपालमा रहनुले नेपाललाई फाईदा भन्दा हानी नोक्सानी धेरै भैरहेकोमा दुईमत छैन । एनसेलको काम र लगानी अनउत्पादननै हो उत्पादनमुलक काम छैन । एनसेल कम्पनीलाई नेपाल बाट हटाउदा नेपाल लाई धेरै फाईदा हुनेनै छ । एनसेल लाई नेपाल बाट हटाएर नेपाल टेलिकम लाईनै सम्पुर्ण जिम्मेवारी दिदा नेपाल लाई धेरै फाईदा हुनेनैछ र नेपाली खर्वौ पैसा बिदेशीन बाट जोगीनेछ” ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]