२०८० असोज १६ काठमाडौ । खुकुरी प्रदर्शन गर्दै विभिन्न कार्यक्रम आयोजना गरेर ´गाई काटनेको गला काटीदिनुस म जिम्मेवारी लिन्छु` भन्दै विवादास्पद अभिव्यक्ति दिने धार्मिक अभियान्ता, धार्मिक गुरु हिन्दुवादी नेत्ता लगाएत विभिन्न नाम बाट चिनिने श्रीनिवासको भिडियो सामाजिक सञ्जालहरूमा ब्यापक भाइरल भएपछि नेपाल प्रहरीको टोलिले आज असोज १६ गते मंगलबार सुनसरी जिल्लाको चक्रघट्टी बाट श्रीनिवासलाई पक्राउ गरेको छ ।

प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जनाए अनुसार श्रीनिवास लाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ । निज धार्मिक अभियान्ता भनिने श्रीनिवास लाई यो भन्दा पहिले ७६ सालमा अरु मानिसलाई प्रयोग गरेर आफैंलाई गोली हान्न लगाएको आरोपमा पनि नेपाल प्रहरीले पक्राउ गरेको थियो । श्रीनिवासले सामाजिक संजाल प्रयोग गरेर धर्मको नाम बाट धार्मिक द्वन्द्व, साम्प्रदायिक दङ्गा भड्किने खालको अभिव्यक्ति दिएका थिए।