२०८० असोज १२ काठमाडौ । नेपालका उद्योगी ब्यापारी तथा  अर्वपती दुर्गा प्रसाईले लामो समय अगाडि देखि नेपाल बाट बत्तीस खर्व भन्दा धेरै रकम बिदेश पलाएन भएको बताएका छन । उनले विभिन्न मिडियामा मार्फत पत्रकार सम्मेलन नै गरेर ३३ किलो सुन किन्न नेपाली बैंकले हुण्डी मार्फत पठाएको पैसा दुबैईमा एक कम्पनी लाई लिगल्ली पेमेन्ट गरेको बिल समेत सार्वजनिक गरेका छन । तर नेपाल सरकारले यस् बिषयमा कुनै चासो देखाएको छैन । प्रसाईले एक रिपोर्ट सार्वजनिक गर्दै भनेका छन: ´ग्यालेक्सी एडभान्स भन्ने कम्पनीले नेपालमा डलर कारोबारको नाममा खर्वौ नेपाली पैसा बिदेश लगेको छ` ´नेपालीहरूले चाईना गएर चाईनिज नागरिक भएर नेपाल बाट पैसा लगेका छन` ´नेपालमा कम्पनी खोल्ने त्यहीँ कम्पनी बाट पैसा बिदेश पठाउने अनि कम्पनी बन्द गरिहाल्ने गर्छन्`।

दुर्गा प्रसाईले सार्वजनिक गरेको भिडियोमा प्रसाईंले भनेका छन; नेपाल बाट ३२खर्व रकम बिदेश पलायन गराउन को कसको हात रहेको छ ? एकएक डाटा सोह्रसय पाना भन्दा धेरै पानाको आफू सग प्रमाण रहेको छ भनेका छन । जुन डाटा रिपोर्ट अमेरिका बाट मगाएको समेत प्रसाईले दावी गरेका छन । प्रसाईको उक्त लिखीत रिपोर्ट सहितको भनाई रहेको भिडियो विभिन्न सामाजिक मिडिया, युवट्युव, फेसबुक, टिकटक बाट लाईभ भिडियो प्रकाशित भैईरहेका छन । तर नेपाल सरकार, अर्थमन्त्रालय, राष्ट्र बैंक, निमायक निकाय, प्रशासनले आज सम्म कुनै छानबिन गर्ने काम गरेको देखिदैन । यी निकायहरू चुपचाप मौन बसेको देखिन्छन ।

“एकातिर नेपाल बाट खर्बौ रकम के कामको लागी हो ? के प्रयोजनको लागी हो ? खुल्दै नखुली बिदेश पलायन भएका खवर सार्वजनिक भैईरहेका छन भने अर्को तिर नेपालमा लगानी योग्य पैसा नभएर आर्थिक तरलताको अवस्था सृजना भएको, बैंकहरूमा लगानी योग्य रकम नभएको, नेपालमा लगानी योग्य पैसा नभएर घरजग्गा कारोबार, सेयर कारोबार लगाएत विभिन्न बिकासका कामहरू हुन सकिरहेका छैनन् । नेपाल बाट पुजि पलाएन भएको कारण ब्यापारी उद्योगी ठुलो मर्का परेका समाचार प्रकाशीत भैईरहेका छन तर सम्बन्धित निमायक निकायहरू चुपचाप मौन रमिते जस्तै देखिएका छन” ।