२०८० असोज ११ काठमाडौ । नेपाली जनताले नेपालमा सोचे चाहे अनुसार बिकास प्रगति नहुनुमा नेपाल सरकारका स्थायी सरकारका कर्मचारी प्रशासनका प्रशाशक कामकाजीहरूको ठुलो दोष छ भन्नुहुन्छ डाक्टर रण बहादुर चन्द । नेताहरुको पनि दोष होला तर, कामकाजीहरूको चाहिँ अलि धेरै सवै भन्दा ठुलो दोष छ भन्दै चन्दले आफ्नो फेसबुकमा सार्वजनिक गरेको लेख जस्ताको त्यस्तै ´यहाँ हामिले जहिले पनि नेताहरुलाई दोषी देखाएर यो भएन त्यो भएन भन्दै पुरा च्यानल नै चलाएर बसेका छौं, सभा समारोह नै नेतालाई गाली गरेर सम्पन्न भई रहेका छन ।घर, पशल, चिया नास्ता गर्दा पनि दोष नेता कै देखाएर समय बिताई रहने महानुभावमा शायद यो पोष्ट हेर्ने धेरै ब्यक्ति पनि पर्न सक्नु होला । तर यहाँ राम्रो काम गर्न सक्ने कामकाजीको कुरा गरि रहेको छु म ।

निर्वाचित भएर आएको सांसदहरुमा केही मात्रै मन्त्री होलान, एक जना प्रधान मन्त्री होला । पाँच बर्ष पुरै मन्त्री भएर बस्ने अवस्था पनि केही कमै देखिन्छ । भन्नुको अर्थ उनीहरु छोटो समयका लागि सरकारमा आउँछन । मन्त्री धेरैले त सम्बन्धित मन्त्रालयको काम कारवाउही संग सम्बन्धित कानून र नीति बुझ्नै बर्ष लाग्छ । सचिव र सल्लाहकारले भनेको भरमा निर्णय भई राखेको हुन्छ । प्रत्येक मन्त्रालयमा सबै भन्दा बढी जानकार र स्थायी सरकार/निर्णायक भनेकै सचिव देखि उप सचिव सम्म, बिभिन्न बिभागका प्रमुखहरु सम्मका कर्मचारी हुन ।

 

अब भन्नुस कि स्थायी (Bureaucracy non-elected governing officials) जो सरकारमा बसेर administrative policy-making group हुन, उहाँहरु सरकारका सचिवहरुले, आफ्नो मन्त्रालयबाट देशका लागि गर्न सकिने राम्रो योजना बनाउनमा कन्जुस्याई गर्छन किनकि राजनैतिक नेताको निर्देशनको काममा स्वार्थ सचिव, सहसचिवको पनि लुकेको छ । कार्यकारी प्रमुखले यो काम गर्नु हुन्न भन्ने राय सल्लाह दिने र सोही बमोजिम मात्र काम गर्ने यदि कुनै पनि मन्त्रीले यो जसरी हुन्छ गर्नुस भन्छ भने जे हो तेही हुन्छ अन्याथा हुँदैन भनेर जे सही हो तेही मात्र गर्नुस । यदि तपाँले यसो गर्नु भएन भने तपाँईको सरुवा होला, अर्को आउँछ त्यसले पनि तेही गर्नु पर्यो, अनि के मन्त्रीले, सरकारले राम्रो काम गरेकोमा जागिर त खाँदैन होला त । अनि यो किन हुँदैन, एक पटक सोचौं न`।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]