२०८० असोज १० काठमाडौ । भोलि असोज ११ गते बिहिवारका दिन काठमाडौ उपत्यका भित्र सार्वजनिक बिदा रहेको छ। ईन्द्र जात्रको उपलक्ष्यमा नेपाल सरकारले काठमाडौ उपत्यका भित्र सार्वजनिक बिदा दिने पुरानो चलन हो । ईन्द्र जात्राको उपलक्ष्यमा मछेन्द्रनाथको पुरानो भोटो राष्ट्र प्रमुख राष्ट्रपतिको उपस्तिथिमा यो भोटो कसको हो ? भनेर देखाउने पुरानो चलन हो ।
किंवदन्ती अनुसार कर्कोटक नागराजले आफ्नी रानीको आँखा निको पार्ने वैद्यलाइ उपहारस्वरूप उक्त बहुमूल्य रत्नजडित भोटो वैद्य समेत रहेका एक किसानलाई दिएका हुन् । श्रीमती निको भएपछि नागराजले किसानलाई उपहार माग्न भनेपछि रानीले नै लगाएको भोटो मागेको एक किंवदन्ती छ । तर एउटा भूतले त्यो भोटो चोरेपछि विवाद बढ्यो र भोटो दाबी गर्न प्रमाण ल्याउन भनियो। हरेक वर्ष मच्छिन्द्रनाथको भोटो देखाउने जात्रामा गुठी संस्थानका हाकिमले ‘यो भोटो कसको हो’ भनी देखाउने चलन छ ।