२०८० भदौ २७ काठमाडौ । नेपाल सरकारले भोलि भदौ २८ गते बिहीबार को दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नेपाल सरकार गृह मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिस्ट पार्टी एमालेका उपाध्यक्ष, संविधानसभा अध्यक्ष तथा पुर्व सभामुख सुवास चन्द्र नेम्वाङको निधनको शोकमा भोलि बिहीबार सार्वजनिक बिदा दिने जनाएको छ।
भोलि भदौ २८ गते बिहीबार नेपाल भर रहेका सवै सरकारी कार्यालयहरु, विदेशमा रहेका नेपाली दूतावास र नेपाली सरकारी नियोगहरूमा सार्वजनिक बिदा हुने छ र ति कार्यालयहरूमा नेपालको राष्ट्रिय झन्डा आधा झुकाइने पनि गृहमन्त्रालय द्वारा जारी प्रेस बिग्यप्तीमा उल्लेख छ । सुवासचन्द्र नेम्वाङ विवाद रहीत एक असल नेत्तामा पर्दछन।