२०८० असोज ४ काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले शिक्षा निति सम्बन्धि ल्याएको निर्णयका बिरुद्ध नेपाल अधिराज्य बाट पचास हजार भन्दा धेरै शिक्षकहरू काठमाडौको माईतिघरमा भेला भएर माईतिघर बबरमहल नंयाबानेश्वर सम्म सडक जाम गरेर बिगत तीन दिन देखि प्रतिगामी शिक्षा विधेक खारेज गर शिक्षा मन्त्री राजिनामा दे जस्ता नारा जुलुस लगाउदै बिरोध प्रदर्शन गरिरहेका छन । अर्को तिर शिक्षकहरू आफ्नो हकअधिकारको लागी आन्दोलनमा केन्द्रीत भएको कारण नेपाल अधिराज्य भरका सरकारी विद्यालयमा पठनपाठन ठप्प भएको छ ।

बहुदलीय संसदिय गणतन्त्रको भित्री उदेश्य फुटाउ र राज गर शासन गर” । शिक्षक भित्र, निजामती कर्मचारी भित्र, निजी संस्था भित्रका कर्मचारीलाई विभिन्न दलहरू काङ्ग्रेस एमाले राप्रपा माओवादी आदि ईत्यादी दलले पार्टीको सदस्य र पदाधिकारी बनाएर विभिन्न दल निकट युनियन खोल्न लगाउने काम गरिरहेका छन । जसको कारण राजनीतिक दलले कर्मचारी भित्रको एकतालाई दल निकट कर्मचारी कर्मचारी बिच द्वन्द्व गराएर आफ्नो स्वार्थ पुर्ती गरिरहेका छन । राजनीतिक दलको यो भित्र उदेश्य नेपालका शिक्षक, निजामती कर्मचारी सदस्यले बुझ्न सकेका छैनन् वा बुझेर पनि बुझपचाईरहेका देखिन्छ ।” नेपाली सेना, नेपाल प्रहरी भित्र कुनैपनी दलको संगठन खोल्न पाईन्न । नेपाली सेना, नेपाल प्रहरीको यस प्रकारको नियमले यी संस्थालाई चलाउनु भन्दा पहिले राजनीतिक दलहरूले हजार चोटि सोच्नु पर्दछ । नेपाली सेना, नेपाल प्रहरीको यो कार्यलाई शिक्षक निजामती कर्मचारीहरूले शिक्षाको रुपमा लिनु राम्रो हुनेछ ।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]