सम्पादकीय भगवान थापा ।
तोरि खेती के हो ? सिन्धुलीमा गहुँखेती हुने ठाउँमा अहिले कृषकले तोरी, तरकारीलगायतका छिटोभन्दा छिटो पाक्ने खेती गर्न थालेका छन् । तोरी लगाउँदा चाँडो पाक्ने र राम्रो नाफा हुने भएकाले यसतर्फ कृषकको आकर्षण बढेको उहाँले बताउनुभयो । गहुँ लगाउँदा तरकारी र मकैका लागि समय ढिला हुने भएकाले कृषकले अन्य छिटो पाक्ने बाली रोज्न थालेका हुन् ।
विगत तीन वर्षको तथ्याङ्कलाई हेर्दा गहुँखेतीमा भन्दा तोरीखेतीमा सिन्धुलीका कृषकको आकर्षण बढ्दै गएको छ । यो साल सिन्धुली को धेरै क्षेत्रफलमा तोरीखेती गरिएको छ ।
तेलको माग बढ्नु र तोरीको मूल्यमा भएको वृद्धिले समेत यसतर्फ कृषकहरू आकर्षित भएको सिन्धुलीका कृषक सुर्य बहादुर थापा बताउनुहुन्छ । यस वर्ष तोरीका लागि राम्रो मौसम हुने अनुमान गरिएको थियो तर सिन्धुलीका किसान आकासे पानीको भरमा खेती किसान गर्न बाध्य भएकाले र समयमै पानी नपरिदिदा तोरी उत्पादन घटने अनुमान गरिएको छ । सिन्धुलीमा उचित सिचाईको ब्यबस्था नरहेको कृषक सुर्य बहादुर बताउनुहुन्छ ।