गोदावरीको वनस्पति उद्यान तथा अनुसन्धान केन्द्र पर्यटकको लागि आकर्षणको केन्द्र बन्दै गएको छ । उद्यानको छेउबाटै बग्दै गरेको खोलाको मूलसंँगैको वन क्षेत्र, चराचुरुङ्गीको मधुर आवाज तथा शान्त वातावरणले झनै आकर्षण बनाएको यस केन्द्रमा स्वदेशी तथा विदेशी पर्यटक दिनहुँ सयौँको सङ्ख्यामा आउने गर्दछ्न ।
समुद्रिक सतहदेखि एक हजार ४८० देखि दुई हजार मिटरको उचाइमा रहेको काठमाडौँ उपत्यकाको दुई हजार सात सय २७ मिटर अग्लो फुल्चोकी डाँडाको फेदैमा अवस्थित यस केन्द्र काठमाडौँबाट १६ किमी दक्षिणपूर्वमा पर्दछ । यो नेपालकै सबैभन्दा ठूलो र पुरानो वनस्पति उद्यान पनि हो ।
केन्द्रका वरिष्ठ अधिकृत दीपक लामिछानेका अनुसार बेलायती आर्किटेक्ट जियाफ्रो हर्कलट्स र टोनी सिलिङ्गद्वारा डिजाइन गरिएको यस वनस्पति उद्यान नेपालको प्रमुख वनस्पती संरक्षण, शिक्षा, अनुसन्धान, प्रदर्शन तथा मनोरञ्जनको केन्द्रका रुपमा परिचित छ ।
विसं २०१९ सालमा तत्कालीन राजा महेन्द्रबाट उद्घाटन गरिएको यस उद्यानको २०६३ असार १९ गते वनस्पति उद्यानका रुपमा नामकरण गरिएको थियो । विभिन्न प्रजातिका जीवित वनस्पतिहरुको सङ्कलन गरी संरक्षण गर्ने, अनुसन्धान गर्ने, प्रविधिमा विकास गर्ने, अन्य वनस्पति उद्यानहरुसँग वनस्पति तथा ज्ञानको आदानप्रदान गर्ने देशका विभिन्न स्थानबाट रैथाने, दुर्लभ तथा संकटापन्न वनस्पतिहरुको अध्ययन तथा जर्मलाज्म संकलन गरी संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको हो ।
यहाँ विशेषगरी चिलाउने, कटुस, लालीगुराँस उत्तीसका रुखहरु तथा पूmल्ने र नपूmल्ने वनस्पति पाइन्छ । यस उद्यानमा आर्बाेरेटम, जैविक विविधता शिक्षा बाटिका, उन्युँ बाटिका, जडीबुटी बाटिका, बिरुवा प्रजनन् घर, मौसमी फूल बिरुवाको प्लट, उष्ण प्रदेशीय घर, श्रीपेच पोखरी तथा अति विशिष्ठ महानुभावहरुको वृक्षारोपण क्षेत्र नेपालेन्सिस जस्त ३० वटा विभिन्न विषयगत बाटिकाहरु रहेका छन्।
वनस्पति विभाग तथा वनस्पति अनुसन्धानका महानिर्देशक डा. राधा वाग्ले केन्द्रलाई अन्तराष्ट्रिय स्तरमा अध्ययन अनुसन्धान थलोको रुपमा विकास गर्न लागिएको बताउनुहुन्छ । एन्जियोस्पम्र्स, टेरिडोफाइट्स र ब्रायोफाइट्ससहित एकहजार भन्दा बढी वनस्प्ती प्रजातिहरु संरक्षित रहको यस उद्यान सन् २०१५ देखि बोटानिक गार्डेन्स कन्जर्भेशनको सदस्य बनेको छ । उहाँका अनुसार उद्यान अन्तराष्ट्रिय गाार्डेनको सूचीमा परेको छ ।
अधिकृत लामिछानेका अनुसार करीव १५० प्रजातिका औषधिजन्य वनस्पति, ५० प्रजातिका सिउँडी र रसिला वन, ३५ प्रजातिका आरोही तथा ६० प्रजातिका सुनाखरी आदि १०३६ प्रजातीका वनस्पतिहरु संरक्षण गरिरहेको छ । त्यस्तै उद्यान भित्र दुई सय ९० प्रजातिका चरा, दुई सय ५० प्रजातिका पुतली, पाँचसय ७५ प्रजातिका फूल तथा वसन्त ऋतुमा फूल्ने रातो पुवाले, काइयो, लालीगुराँस चुत्रोसहित अनगिन्ती फुल्ने नफुल्ने वनस्पति तथा जडिवुटीहरु संरक्षित छन् ।
यस उद्यानमा संरक्षण तथा अनुसन्धान गातिविधि सञ्चालन गर्न यो वनस्पती उद्यानमा संरक्षण तथा शिक्षा शाखा, उद्यान विकास शाखा, पुष्प विकास शाखा र जडिबुटी शाखाहरु गरी चार शाखाहरु रहेका छन् । यस उद्यानमा प्रमुख सरकार, रष्ट्रिय विदेशी प्रमुख, विशिष्ट अतिथि, मन्त्री, रष्ट्रियपतिका लागि वृक्षरोपण क्षेत्र छुट्याइएको छ । यहाँ रहेको वनस्पति बीऊ बंैकमा लगभग २०० स्वदेशी प्रजातिका बीऊहरुको संरक्षण गरिएको छ । स्थानीय रैथाने, स्वदेशी तथा सङकटापन्न वनस्पतिहरुको संरक्षण तथा प्रवद्र्धनका साथसाथै जर्मप्लाज्ममार्फत बीउहरुको संरक्षण तथा उत्पादन गरी फूल व्यवसायीहरुलाई फूलका बिरुवा तथा बीऊहरु बिक्री गरी राजश्व सङ्कलन गर्ने गरिन्छ ।
आर्थिक वर्ष २०६८÷६९ मा दुईलाख ४५ हजार ६९ नेपाली तथा तीनहजार दुईसय ७१ विदेशी नागरिकले भ्रमण तथा अवलोकन गरी ३३ लाख ३४ हजार एकसय पाँच रुपैया राजश्व संकलन गरेको उद्यानले कोरोना महामारीको समयमा २०७७÷७८ मा नेपाली नागरिक एकलाख १६ हजार ६ सय चार र विदेशी नागरिक दुईसय १६ जनाबाट रु ७८ लाख ३६ हजार रुपैया राजश्व संकलन भएको थियो । चालु आवको फागुनसम्म आन्तरिक २ लाख ८७ हजार चारसय पचास जना र विदेशी दुईहजार एकसय ५८ जनाबाट एक करोड़ ९७ लाख ६० हजार तीन यस पाँच राजस्व संकलन भएको केन्द्रले जनाएको छ ।
विदाको समयमा हजारौँको संख्यामा सुख्खा वनभोज, अवलोकन तथा घुमफिर गर्न आउने आगन्तुकहरुको लागि प्रवेश शुल्कको व्यवस्था गरिएको छ । नेपाली नागरिकले रु ५०, सार्क मुलुकका नागरिकले रु २००, र अन्य मुलुकका नागरिकका लागि रु ५०० शुल्क तोकिएको छ भने अध्ययन तथा अनुसन्धान प्रयोजनका लागि आउने विद्यार्थीले शैक्षिक संस्थाको आधिकारिक पत्र लिएर आएमा प्रतिव्यक्ति रु २० लिने गरिएको छ ।
उद्यान भ्रमणका लागि आउने आगन्तुहरुको सुविधाका लागि उद्यानमा खाजाघर, विद्युतीय सवारीबाट अवलोकन गर्न सकिने व्यवस्था, अशक्त व्यक्तिहरुको लागि चारपाङ्गे्र कुर्सीको व्यवस्था, सुलभ मुल्यमा अगान्तुकले यहाँ विभिन्न प्रजातिका विरुवा खरिद गर्ने व्यवस्था र स–शुल्क पार्किङ तथा पानी एटिएम मेसिन जडान गरिएको छ ।
सामान्यतया विद्यार्थीहरु यहाँ शैक्षिक भ्रमण, वनस्पति अनुसन्धानकर्ताहरु यहाँ जीवित वनस्पतिहरु अवलोकन र अध्ययन अनुसन्धानका लागि आउने गर्दछन् । पछिल्लो समय टिकटक, गीत, विवाहको फोटो, भिडियो र चलचित्रका लागि छायाँङ्कन गर्न आउँछन् । अन्य आगन्तुकहरु यहाँ मनोरञ्जन गर्न र शहरिया जीवनको कोलाहालबाट शान्त वातावरणमा आराम गर्न, प्राकृित प्रेमीहरु यहाँबाट फुलचौकीका वन डाडाँ, धेरै प्रजातिका फूल, वनस्पति, जडिबुटी, चराचुरङ्गी हेर्न र सुन्दर दृश्य हरियालीको आन्नद लिन आउँछन् । रासस