२१ चैत्र, काठमाडौं ।

सामाजिक संजाल ट्वीटरका सिइओ एलन मस्कले ट्वीटरको लोगो परिवर्तन गरेका छन् । परिवर्तनसगै ट्वीटरबाट निलो चरा गायब भई लोगोमा कुकुरको चित्र ल्याइएको छ ।

मस्कले क्रिप्टोकरेन्सी डोजेक्वाइनमा रहेको कुकुर अर्थात् डगीको मिमलाई नै ट्वीटरको लोगो बनाएका हुन् । अब ट्वीटरमा लगअन गर्ने बित्तिकै त्यही कुकुरको चित्रले तपाईंलाई स्वागत गर्नेछ ।