२० चैत्र, काठमाडाैं ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले मंगलबार १०० दिन पूरा गर्दैछ ।

सोमबार प्रधानमन्त्रीको सचिवालयले १०० दिनको उपलब्धी ३७ बुँदामा उल्लेख गरी सार्वजनिक गरेको छ ।

जसमा सेवा प्रवाहलाई चुस्त बनाउन विभिन्न निर्देशनहरू दिएको, अर्थतन्त्रको बाह्य क्षेत्र सुधार भएको, सेवाग्राहीको भिड हुने कार्यालयको सेवामा सुधार आएको लगायतका विषय समावेश छन्

राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र वितरणको प्रक्रिया विगतमा भन्दा छिटो भएको १०० दिने उपलब्धीमा दाबी गरिएको छ । त्यस्तै नेपाल सरकारले विभिन्न मितिमा शहीद घोषणा गरेका ८ हजार ४७१ जना शहीदको नाम राजपत्रमा प्रकाशन गर्नुलाई पनि सरकारको उपलब्धीमा राखिएको छ ।