७९ चैत्र १४ काठमाडौं । उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा दोषी ठहर गरेको बैंकिङ कसूर मुद्दाका फरार मानिस नुवाकोट मेघाङ गाउँपालिका-५ टक्सार ठेगाना भएका ४३ बर्षे तारा लाल विश्वकर्मालाई आज मंगलबार प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएकोछ । 

उच्च अदालत पाटनको मिति २०७७ माघ ४ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १५ दिन कैद र ४० लाख रूपैयाँ जरिवाना ठहर भई हाल सम्म लुकि छिपी बसेर फरार रहेका तारालाल बिश्वकर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं सुन्धारबाट आज पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको प्रहरी स्रोतले जनाएको छ । (श्रोत:- नेपाल प्रहरी)