राजनीतिक बिस्लेशकले नेपालमा पुन राजसंस्था फर्कन सक्ने दाबी गरिरहेका छन । अर्कोतिर नेपालमा भ्रष्टाचार, बेथिति, बिसंगती मौलाएको छ । देशमा बेरोजगार दर बढदो छ । रोजगारी एकदम कम छ । लाखौं लाख नेपाली बिदेश काम गर्न गईरहेका छन भने उनिहरूले थोरै पारिश्रमिक पाईरहेका छन । नेपालमा कमाउदै बिदेशको बैंकमा पैसा राख्ने गतिविधि बढदो छ । निर्यात भन्दा आयत बढी भएको छ । देशमा उत्पादन छैन । नेपाल परनिर्भर देश बनेको छ । बिकास निर्माणको काम ठप्प छ । जसको कारण देशको आर्थिक अबस्था कमजोर जर्जर भएको छ । जसको असर गणतन्त्रमै परेको छ । राजनीतिशास्त्रका विश्लेसण र भनाई अनुसार यी सवै समस्या लाई समातेर राजसस्था फर्किने बताउछन् । अहिलेकै अबस्थामा जनमतका आधारमा राजसंस्था चाहनेको मत धेरै छ ।

राजनीतिक शास्त्रीको भनाई अनुसार रवी लामिछाने नेतृत्वको स्वतन्त्र पार्टी, काठमाडौका मेयर बालेन्द्र शाह लगाएत स्वतन्त्र उमेदवारले चुनाव जित्नु भनेको गणतन्त्रका राजनीतिक दलप्रति बितृष्णा पैदा भएकाहरू र राजाबादीको भोट हो भन्छन् । अर्को तिर साउदी, कतार, दुवई, मलेसिया, भारत, अमेरिका सग ब्यबसायिक कारोबारमा दरो पक्कड राख्ने अन्तर्राष्ट्रिय ब्यबसायीक सग समेत मजबुत शक्ति भएका ब्यबसायी दुर्गा पर्साई ले नेपालका पुर्व राजा ज्ञानेन्द्र शाह सग एक्कासि सम्बन्ध राम्रो बनाउदै भेटघाट समेत गरेका छन भने पुर्व राजा ज्ञानेन्द्र शाह पनि अन्तर्राष्ट्रिय ब्यापार व्यावसायिक सग राम्रो सम्बन्ध भएका, उद्योगी व्यावसायिक छवि भएका ब्यक्ति पनि हुन । अर्कोतिर राष्ट्रीय तथा अन्तर्राष्ट्रिय स्तर बाट राजसस्था प्रती अप्रत्यक्ष सहयोग सद्दभाव बढने पनि विभिन्न कोण बाट आकलन गरिदै आएको छ ।

कतिपय संविधानविदहरूले राजतन्त्रका पक्षमा जनमत बढेर गएको र नेपालमा राजसस्था प्रती दवेको शक्ति छ भन्छन् । यो शक्ति जुनसुकै बेला बिस्पोटन हुन सक्ने आकलन गरिरहेका छन । नेताहरूकै व्यवहारका कारण त्यस्तो जनमतको आधार बढ्दै गएको राजनीतिक विश्लेषकको दाबी छ । देशमा भ्रष्टाचार, राजनीतिक प्रयोग असफलता, देशको सार्वभौमसत्ता माथि विभिन्न तरिका बाट हस्तक्षेप बढेको तर नेत्ताले रोक्न नसकेको कारण बर्तमान गणतान्त्रिक ब्यबस्था प्रती जनताको बितृष्णा बढदै गैइरहेको प्रक्षेपण छ । भने नेपालमा अग्रगामी शक्ति जन्मन नसकेको अबस्थामा पहिलेकै पुरानो ब्यबस्था राजसस्थानै ठिक छ भन्ने जनमत बढेर सवै नेपाली सडकमा राजतन्त्र जिन्दावाद भनेर निस्कने संभावना बढेको छ ।