सम्पादकीय:नारायण क्रान्ति।

बैंक खातामा प्रयाप्त रकम नरहेको जानीजानी चेक दिएर अरुलाई झुक्याउने दु:ख दिने ठगी गर्ने गतिविधि नेपालमा दिनप्रतिदिन बढडो छ । अर्को तिर पिडितले न्याय माग्दा ठगी गर्ने लाई अदालतले दिने न्याय ,दण्ड सजाय र कार्यन्वयन पनि अत्यन्तै फितलो र न्यून छ । प्रहरी र अदालतमा यस्तो गतिविधिमा संलग्न विरुद्ध मुद्दा दर्ता: चेक अनादर, ठगी, जालासाजी, किर्ते, बैंकिङ कसुर,आदी विभिन्न माध्यम बाट मुद्दा दर्ता गर्ने गरेको देखिन्छ ।

 

यसरी दर्ता भएको मुद्दा बारे अदालत बाट फैसला हुन बर्षौबर्ष लाग्ने गरेको छ । प्रहरी प्रसासन र अदालतमा पीडितले बाउन्स चेक देखाउदा समेत पिडितले न्यायको लागि मुद्दा दर्ता गर्नु पर्यो भने अनेक प्रकारको झन्झटिलो प्रमाण पेश गर्नु पर्ने प्रशासनिक सिस्टम छ ।

अर्को तिर मुद्दा लेख्दा र तयार पार्दा कानुन ब्यबसायीलाई पिडितले तिर्नु पर्ने फीस पिडितले तिरेर मुद्दा दर्ता गर्नु बाध्यता छ । मुद्दा तयार गर्दा देखि मुद्दा  दर्ता गर्दा आदि इत्यादि शिर्षकमा पिडितले कानुन ब्यबसायी लाई तिरेको फीस बारे मुद्दा अन्तिम फैसला हुँदा कानुन ब्यबसायीको फिस उल्लेख गर्ने कानुनी प्रावधान नेपालमा लागू भएको देखिदैन । यसरी हेर्दा पिडितले न्याय माग्ने क्रममा दोहोर मारमा परेको गुनासो गर्दै आएका छन् । यो बिषयलाई सम्बोधन गर्नुपर्ने भनेको नेपाल शरकार कानुन मन्त्रालय, कानुन व्यबासायी र कानुन ब्यबासायीको नेपाल वार एसोसिएसनको पनि हो । तर यी निकाय जानेर, नजानेर वा कुनै डर, त्रास, दवावमा नबोलेकात होईनन ? यो प्रश्न पनि चासो जिज्ञासा्को बिषय बनेको छ ।

 

मानौं आजको दिनमा कोहि कसै सग एक लाख रकम लिएर बैंकमा प्रयाप्त रकम छैन भन्ने जानीजानी बैंकको चेक दिएर आज दिउँला भोलि दिउँला भन्दै झुक्याउदै: सावाँ भन्दा ब्याज धेरै लिन नपाईने नियम कानुनको आडमा बसेर दस/बीस बर्ष पछि सावाँ ब्याज सहित दुई लाख फिर्ता गरिदिदा कोहिकसैले सफाई पाउछन् भने यस्तो कार्य किन मौलाउदैन नेपालमा ? सावाँ भन्दा ब्याज धेरै लिन नपाउने नियम तुरुन्तै संसोधन हुनुपर्छ । रकम लिएर सममै फिर्ता नगर्नेलाई न्युनतम ७ बर्ष कैद सजाय हुनुपर्ने कानुन बनाईनु पर्छ । आज रकम लिएर बिसौ बर्ष पछि फिर्ता गर्नेको हकमा सावाँ भन्दा ब्याज धेरै लिन नपाइने नियम कानुन कुनैपनी दृष्टिकोण बाट न्यायोचित र बैज्ञानिक छैन। आज रकम लिएर बिसौ बर्ष पछि फिर्ता गर्नेको हकमा प्राकृतिक कानुनी दृष्टिकोण बाट हेर्ने हो भने सावाँ भन्दा ब्याज धेरै लिन नपाइने नियम कानुन : दलाल, शोषकी, सामन्ती को पक्षमा रहेको देखिन्छ।

 

अर्को तिर आज रकम लिने अनि दसौं बिसौ बर्ष पछि फिर्ता गर्दा समेत सावाँ भन्दा बढी ब्याज तिर्नु नपर्ने कानुनी नियम, प्रावधानको कारण मुद्दा लम्ब्याउने अनि बिसौ बर्ष पछि रकम फिर्ता गरिदिने परिपाटी पनि मौलाउदो छ । बैंक खातामा रकम नभएको चेक दिनेलाई न्युनतम ७ बर्ष माथी कैद सजाय भएको खण्डमा आफ्नो बैंक खातामा प्रयाप्त रकम छैन भन्ने जानीजानी चेक दिने गतिविधि कम हुनेमा दुईमत छैन् ।