प्रभु बैंक र सेन्चुरी बैंक एक आपसमा मर्ज भएर प्रभु बैंकको नामबाट एकीकृत कारोबार सुरु गरेको प्रभु बैंकको सेयर मूल्य अत्यन्तै अण्डरभ्यालु देखिएको छ ।, सेयर मूल्य सस्तो भएको छ।
प्रभु बैंकको पिई रेसियो सूचीकृत वाणिज्य बैंकहरुमध्ये सबैभन्दा अन्डरभ्याल्यूड देखिएको छ । प्रभु बैंकको पीई रेसियो भने ९.८७ गुणा मात्र छ । यो पिई रेसियो आधारमा सेयर मुल्य सस्तो देखिएको हो ।

प्रभु बैंक सग मर्ज जाने अन्य केहि बाणिज्य बैंकका संचालकले आम्तरिक छलफल गरेको छिटपुट खबर सुनिदै आएको थियो । कति बाणिज्य बैंकका संचालकहरूलेत प्रभु बैंक सग मर्ज गर्ने विभिन्न मिडिया बाट सार्वजनिक रुपमा उदघोसनै गरेको खबर सुनिदै आएको थियो । तर विभिन्न कारण बस प्रभु बैंकले नमानेपछि ती बैंकहरूका संचालक रुष्ट भएको हुन सक्छन ।

यतीबेला प्रभु बैंकको सिओ विरुद्ध अदालतमा मुद्दा परेको छ । प्रभु बैंकको सिओ विरुद्ध मुद्दा  परेको बिषयमा; सेयर बजार सम्बन्धि अध्यनकर्ता, अनुसन्धानकर्ता, खोजकर्ताको भनाई अनुसार प्रभु बैंकको सेयर मुल्य प्रभावित हुनेछ । प्रभु बैंकको सेयर मूल्य सस्तो हुने सक्ने बताउछन् । सिओ विरुद्धको मुद्दा बैंक भित्रकै कर्मचारीले पद नपाएको आक्रोश हुन सक्छ । प्रभु बैंक प्रती भ्रम छरेर बैंकलाई तहसनहस कमजोर पारेर स्वार्थ लिने ब्यक्ती समूह प्रत्यक्ष या अप्रत्यक्ष रुपले सकृय भएका हुन सक्छन् । प्रभु बैंकले यस तर्फ ध्यान दिन सक्नुपर्छ । प्रभु बैंक अन्य बाणिज्य बैंक सगै तगडा उत्कृष्ट बैंक हो । यसको साखा अन्य बाणिज्य बैंकको भन्दा धेरै ठाउँमा छ ।

प्रभुले किस्ट बैंकलाई प्राप्ती गरेको थियो । जुन किस्ट बैंक लाई विभिन्न ब्यक्ति समूहले मिलेमतोमा तहसनहस पारेका थिए । किष्ट बैंक लाई तहसनहस पारेको घटना बाट प्रभु बैंकले शिक्षा लिनु पर्ने देखिन्छ । कतै प्रभु बैंक लाई विभिन्न हतकण्डा, विभिन्न डिजाईन योजना बनाएर अपनाएर कमजोर बैंक बनाउन खोजेको त होईन धेरैको चासो जिज्ञासा् रहेकोछ। प्रभु बैंक भित्रकै मान्छेलाई प्रयोग गरेर प्रभु बैंक कमजोर बनाउन अदृश्य शक्ति लागि परेको विभिन्न ब्यक्तिहरूले आसंखा गरेका छन ।