नेपालमा रहेका अन्य हाइड्रोपावर मध्ये अत्यन्तै राम्रो मजबुत रिजर्भ कोष भएको बुटवल पावर कम्पनी BPCL ले चालु आर्थिक वर्ष २०७९-८० को दोस्रो त्रैमास सम्मको बित्तीय विवरण प्रकासित गरेको छ । प्रकासित विवरण अनुसार BPCL कम्पनीको नाफा २६.०३% ले बढेको देखिन्छ । कम्पनीले बाईस करोड सतासी लाख रुपैयाँ नाफा देखाएको छ । गएको साल यसै अवधिमा कम्पनीले अठार करोड चौधलाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको थियो । एक वर्षको अवधिमा बिजुली बत्ती मात्रै बिक्रीबाट हुने आम्दानी बयालिस करोड एक्तिस लाख रुपैयाँबाट वृद्धि भएर त्रीचालिस करोड पन्ध्र लाख रुपैयाँ कमाउन सफल भएको छ । 

यसको साथै कम्पनीको मुद्दतिमा रहेको निक्षेपको ब्याजदर पनि वृद्धि भएको छ । कम्पनीको ब्याज आम्दानी चार करोड छयानब्बे लाख रुपैयाँबाट वृद्धि भएर पाँच करोड त्रीहत्तर लाख रुपैयाँ वृद्धि पुगेको छ । जस्ले गर्दा गर्दा कम्पनीले खुद नाफा बढाउन सफल भएको छ । BPCL को अन्य श्रोतबाट हुने कमाई दुई करोड छयहत्तर लाख रुपैयाँ बाट वृद्धि भएर छकरोड एकलाख रुपैयाँ भएको छ । 

बुटवल पावरको सेयर चुक्ता पुँजी तिन अर्ब चालिस करोड रुपैयाँ र अन्य इक्विटी फण्ड तिन अर्ब छपन्न करोड रुपैयाँ रहेको देखिन्छ । पुस महिना सम्म रिपोर्ट सार्वजनिक गर्दा सम्म BPCL कम्पनीको प्रतिसेयर आम्दानी नाफा बढेर ६.७१ रुपैया रहेको छ । गएको साल प्रतिसेयर आम्दानी ५.७९ रुपैया रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ २०४.६४ रुपैया छ ।

बुटवल पाओर कम्पनीको मुल्यांकन गर्दा कम्पनी अत्यन्तै मजबुत कम्पनी रहेको छ। BPCL नेपालमा बिजुली बत्ति उत्पादन गर्ने एक पुरानो अनि राम्रो छबि बनाएको हाइड्रोपावर कम्पनी हो । चुक्ता पुजि सरह रिजर्भ कोष भएको अर्थात धेरै रिजर्भ कोष हुनेमा अहिलेसम्म BPCL बाहेक अन्य हाइड्रोपावर कम्पनी नेपालमा रहेको देखिदैन । यो कम्पनीले सेयर धनिलाई आजको दिन सम्म सेयर लगानीकर्ता राम्रो बोनस सेयर र नगद लाभांश दिदै आईरहेको छ । यो कम्पनीको सेयर मूल्य कुनै दिन २५सय माथी पुगेको देखिन्छ । BPCL ले सेयर लगानीकर्तालाई लगातार १० बर्ष सम्म १००% लाभांश दिने हैसियत देखिन्छ ।

यो कम्पनीमा नेपाल सरकारको समेत सेयर रहेको छ । बुटवल पाओर कम्पनी जत्तिको मजबुत कम्पनी अरु हाइड्रोपावर आज सम्म नेपालमा छैनन् । यो कम्पनीको सेयर मूल्य बढन नदिन यही कम्पनीका पुर्व ठुला लगानीकर्ता र केही ठुला समूह लागि परेको एक सेयर लगानीकर्ता नाम उल्लेख नगर्ने सर्तमा बताउछन् । कारण BPCL को सेयर मुल्य सस्तो बनाएर धेरै सेयर आफैंले किन्ने दाउमा रहेको समेत बताउछन ।