फिलिपिन्सको सबैभन्दा व्यस्त शहर मनिलामा आइतबार विद्युत् आपूर्ति बन्द हुँदा सञ्चार तथा राडार उपकरणमा समेत विद्युत् आपूर्ति भई सयौं उडान रद्द, विलम्ब वा अन्य विमानस्थलतर्फ जानु परेको छ । मनिलाको आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक व्यवस्थापन केन्द्रमा आइतबार बिहान ‘प्राविधिक समस्या’ देखिएको छ । मनिलाबाट बाहिरिने र भित्रिने ३६० भन्दा बढी उडान रद्द, अवरूद्ध र अन्यत्र पठाउनु परेको हुँदा करिब ५६ हजार यात्रु प्रभावित भएका छन् । क्रिसमस र नयाँ वर्षको बिदापछि धेरै मानिस काम र विद्यालय र विश्वविद्यालयका लागि राजधानी फर्कन थालको र विद्युत अवरूद्धताका कारण प्रभावित हुनुपरेको छ । देशभरका आगमन तथा निगमन काउन्टरमा यात्रुहरूले विमानको पर्खाइपछि आक्रोशित बनेका थिए । हजारौं मानिसहरूले टिकट पुनः बुक गर्न वा उनीहरूको उडान कहिले सुरु हुन सक्छ भनेर थाहा पाउनसमेत उनीहरूलाई अन्यौल भएको थियो । विमान अवरूद्ध भएको घोषणा हुनुभन्दा अघि विमानमा चढेका अन्य व्यक्तिहरू जहाजहरूमा नै घन्टौं सम्म कुरेर बसेका थिए र त्यसपछि विमानबाट ओर्लिएका थिए । विमानस्थलका अधिकारीहरूले सुरुमा समस्याको कारण भने खुलाएका छैनन् ।