ः ठूलाठूला बारीका पाटा । गराभरी कोदो । छेउमा कोसेबाली भटमास र मकैका जस्तै बिरुवा देखिने अग्ला जुनेलाका बिरुवा । कात्तिकमा कोदो पाक्दा भरिलो देखिएको बारीका पाटा छेउछाउमा लगाइएको भटमास र जुनेलोले बारीलाई हराभरा बनाएको छ । तरकारीको छाक टार्न भटमासले काम दिन्थ्यो भने जुनेलो हिउँदको खाजा, धार्मिक कार्यमा प्रसाद बनाउन पनि प्रयोग गरिन्छ । जैमिनी नगरपालिका–१ को कुश्मीसेरास्थित फलाँटे कृषि सहकारी संस्थाले बाँझो जमिनमा व्यावसायिक जुनेलो खेती थालेपछि यो परिवर्तन र किसानमा रौनक आएको हो । जुनेलो रैथाने बाली हो तर आजकाल लोप जस्तै भइसकेको छ । बहुउपयोगी भए पनि जुनेलो खेती गर्न किसानले छाडेकाले बीउ जोगाउनै सङ्कटमा परेको थियो । पछिल्लो समय सहकारीले यो अभियान चलाएपछि संरक्षण सुरु भएको हो । रैथानेबाली जुनेलो सङ्कटमा पर्न थालेपछि सहकारीले बीउ जोगाउने प्रयत्न गरेको हो । गत जेठमा लगाइएको जुनेलो पाकेपछि किसानले फसल भित्र्याएका छन् । सहकारीका पदाधिकारी पनि किसान जुनेलो बाली उत्पादनमा आकर्षित हुँदा उनिहरुलाई प्रोत्साहन गरेका छन् । कुश्मीशेराको झब्रीखेतमा रहेको १५ रोपनी बाँझो बारीमा जुनेलो लगाइएको सहकारीका अध्यक्ष मोतीप्रसाद शर्माले बताउनुभयो । जैमिनी नगरपालिकाभरी नै खेती हुन छाडेको जुनेलोको सहकारीले बीउ जगाएको अध्यक्ष शर्माले बताउनुभयो ।