नेकपा (एमाले)को सचिवालय बैठक आज बसेको छ । एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बिहान ११ बजे ललितपुरस्थित पार्टी मुख्यालयमा बैठक बसेको जानकारी दिनुभयो । उहाँका अनुसार बैठक समानुपातिक सांसद छनोट, आमनिर्वाचन समीक्षा गर्न बोलाइएको हो। शुक्रबार डाकिएको बैठक तयारी नपुगेको भन्दै आजको लागि सारिएको छ ।