नेकपा (एमाले)का स्थायी कमिटी सदस्य रघुवीर महासेठले प्रतिनिधिसभा सदस्यमा धनुषा–४ मा विजयी भएपछि तेस्रो पटक संसदीय यात्रा तय गर्नुभएको छ । निर्वाचन आयोगका अनुसार महासेठले ३२ हजार दुई ३६ मत प्राप्त गर्नुभयो भन उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र यादवले ३२ हजार ११२ मत प्राप्त गर्नुभयो । महासेठ २०६५ सालमा संविधानसभा सदस्य उपनिर्वाचनमा धनुषा ५ बाट निर्वाचित हुनुभएको थियो । उहाँ संविधानसभा र तत्कालीन व्यवस्थापिकामा विभिन्न समितिमा रहेर जिम्मेवारी निर्वाह गर्नुभएको थियो भने । उहाँ २०७४ सालमा संघीय संसद प्रतिनिधिसभा सदस्यमा धनुषा-४ बाट विजयी हुनुभएको थियो । जनकपुर उपमहानगरपालिका २, धनुषामा बाबु मखन र स्व.मायावती महासेठको कोखबाट २०१८ साल साउन २२ गते जन्मनुभएका महासेठ हाल नख्खु, ललितपुरमा बस्नुहुन्छ । उहाँको पत्नी जुलीकुमारी महतो र एक छोरा, एक छोरी हुनुहुन्छ । उहाँले बि.ई (सिभिल इन्जिनियरिङ) अध्ययन गर्नुभएको छ । एमाले निकट विद्यार्थी संडठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनिययन (अनरास्ववियु) मा २०२८÷०२९ सालबाट औपचारिकरुपमा महासेठ राजनीतिमा प्रवेश गर्नुभएको थियो । उहाँ २०३७ सालमा अनेरास्ववियुको प्रथम पूर्वाञ्चल क्षेत्रीय अध्यक्ष निर्वाचित हुनुभएको थियो । वि.सं २०३३ सालमा तत्कालीन नेकपा (माले)को सदस्यता लिएर पार्टीगत राजनीति औपचारिक सुरुवात गर्नुभएको थियो भने र २०५४ सालदेखि एमालेको केन्द्रीय भएर काम गर्नुभएको थियो । विंस २०७६ सालमा एमालेको स्थायी कमिटी सदस्य हुनुभएको थियो ।