Skip to content
आलेख सेवा : मधेसमै खुम्चिए मधेसवादी दल
२०६२/६३ को जनआन्दोलनअघि कांग्रेस र त्यसयता मधेसवादी दलका उम्मेदवारको आधार क्षेत्र मानिएको मधेस प्रदेशको राजधानी धनुषा–३ जनकपुरधाम क्षेत्रबाट यो पटक नेकपा (एमाले)ले चुनाव जितेको छ । यहाँ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता अनिल झालाई पराजित गर्दै एमाले उम्मेदवार जुलीकुमारी महतो (महासेठ) निर्वाचित हुनुभएको हो । शुक्रबार (मङ्सिर ९ गते) जनकपुरधामस्थित निधि भवनमा महतो निर्वाचित भएको घोषणा गर्ने कार्यक्रम थियो । धनुषाको त्यही क्षेत्रबाट अघिल्लो पटक मधेस आन्दोलनका मुख्य नेतामध्येका एक राजेन्द्र महतोले नेपाली कांग्रेसका संस्थापक महेन्द्रनारायण निधि र उहाँका पुत्र कांग्रेस पूर्वउपसभापति विमलेन्द्र निधि परिवारको विरासत भत्काउनुभएको थियो । यता झाले निर्वाचनमा पराजय भएको औपचारिक घोषणा हुँदै गर्दा थियो, उता यही क्षेत्र छोडेर सर्लाही–२ पुग्नुभएका राजेन्द्र महतोले निकै चुनौतीको सामना गरिरहेको खबर आइरहेका थिए । महतोलाई चुनौती दिने नेता हुनुहुन्थ्यो, मधेश आन्दोलनकै अगुवा महेन्द्र राय यादव । मधेसी नागरिकलाई सङ्गठित गरी अधिकारको आन्दोलनमा लामबद्ध गर्नेमध्येका मुख्य नेता तत्कालीन मधेसी जनअधिकार फोरमका संस्थापक र अहिलेको जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले पराजय बेहोरेको घोषणा भइसकेको थियो, त्यो पनि मधेश अधिकार आन्दोलनकै नाराले उदायका डा सिके राउतबाट । उता महतो आफ्नै सहकर्मीबाट हार्दै हुनुहुन्थ्यो, यता झा आफ्नै सहयात्री दल जसपाकै असहयोगले हार्दै हुनुहुन्थ्यो ।
Like this:
Like Loading...
Page load link