एक वर्षभित्र पूरा गर्ने भन्दै निर्माण सुरु गरिएका भेरी करिडोर भित्रका पुल अझै निर्माण हुन सकेका छैनन् । करिडोरभित्र जाजरकोट–डोल्पा सडकखण्डभित्र पुल निर्माण हुन नसकेका हुन् । रु तीन करोड ८५ लाखमा उक्त पुल निर्माणको जिम्मेवारी हिम सगरमाथा, खड्का कृष्ण जेभीले लिएको थियो । विसं २०७८ पुस १६ गते पुल निर्माणको सम्झौता भएको थियो भने २०७९ असार १५ गतेभित्र निर्माण पूरा गर्ने सम्झौता रहेको सडक डिभिजन कार्यालय चौरजहारीले बताएको छ । तोकिएको समयमा काम नगर्दा छ महिना थपेर पुस मसान्तसम्म निर्माण गर्न सडक डिभिजन कार्यालयले निर्माण कम्पनीका बुद्धिबहादुर खत्रीलाई प्रतिबद्धता गराएको डिभिजन प्रमुख आशुतोष कर्णले बताउनुभयो । उहाँले भन्नुभयो, “तल्लु बगरको पुल भेरी करिडोरअन्तर्गत निर्माण गरिनुपर्ने मुख्य पुल हो । यसले डोल्पालाई सडक सञ्जालसँग जोड्ने काम गर्छ । हाल त्यस ठाउँमा पक्की पुल नभएको भएर ढुवानी अत्यधिक महँगो छ । हालसम्म यसको एकतिरको फाउन्डेसन र बीचको पिलरको कार्य भइरहेको छ । प्रगति न्यून रहेकाले निर्माण व्यवसायीलाई कार्यालयमा भौतिक उपस्थिति गराई पुस मसान्तभित्र निर्माण कार्य सक्नुपर्ने प्रतिबद्धता कार्यालयले गराएको छ ।” जाजरकोटको नलगाड नगरपालिका–११ र रुकुमपश्चिम आठबिसकोट–६ अनाह बीचमा रहेको भेरी नदीमा पुल निर्माण नहुँदा यहाँका सर्वसाधारणले दैनिक सास्ती भोग्दै आएको डोल्पाको ठूलीभेरी नगरपालिका दुनैका जयकृष्ण हमालले बताउनुभयो ।

November

    

दाङमा बदर मत धेरै

देउखुरी, १२ मङ्सिर (रासस) :

यही मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा दाङमा जिल्लामा प्रतिनिधिसभातर्फ ५ दशमलव ९२ प्रतिशत र प्रदेशसभातर्फ ४ दशमलव ७७ प्रतिशत मत बदर भएको छ । तीन प्रतिनिधिसभा र छ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दाङमा

2022-11-28 01:22 PM
Number: 28 Word Count: 435

28

November

    

तीन महिनासम्म बनेन आँपटारीको तौलपुल

भरतपुर, १२ मङ्सिर (रासस) ः

चितवनमा एक करोड खर्चिएर निर्माण गरिएको तौलपुल बिग्रिएको छ । नारायणगढ–मुग्लिन सडकखण्डको भरतपुर महानगरपालिका–१ आँपटारीमा निर्माण गरिएको तौलपुल तीन महिनादेखि बिग्रिएको हो । तौलपुल निर्माण भएको दुई व

2022-11-28 01:22 PM
Number: 27 Word Count: 271

28

November

    

अझै बनेनन् भेरी करिडोरका पुल

– हेमन्त केसी

जाजरकोट, १२ मङ्सिर (रासस) ः एक वर्षभित्र पूरा गर्ने भन्दै निर्माण सुरु गरिएका भेरी करिडोर भित्रका पुल अझै निर्माण हुन सकेका छैनन् । करिडोरभित्र जाजरकोट–डोल्पा सडकखण्डभित्र पुल निर्माण हुन नसकेका हुन्

2022-11-28 01:11 PM
Number: 26 Word Count: 567

28

November

    

समानुपातिकतर्फ १५ प्रतिशत मतगणना बाँकी

काठमाडौँ, १२ मङ्सिर (रासस) :

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ अब १५ प्रतिशत मत गन्न बाँकी रहेको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रतिनिधिसभामा हालसम्म ९३

2022-11-28 01:05 PM
Number: 25 Word Count: 81

28

November

    

आलेख सेवा : मधेसमै खुम्चिए मधेसवादी दल

–टीकाराम सुनार

जनकपुरधाम, १२ मङ्सिर (रासस) : विसं २०६२/६३ को जनआन्दोलनअघि कांग्रेस र त्यसयता मधेसवादी दलका उम्मेदवारको आधार क्षेत्र मानिएको मधेस प्रदेशको राजधानी धनुषा–३ जनकपुरधाम क्षेत्रबाट यो पटक नेकपा (एमाले)ले च

2022-11-28 12:51 PM
Number: 24 Word Count: 1481

28

November

    

निर्वाचनमा व्यक्ति वा दलको नभई लोकतन्त्रको जित भयो : उपाध्यक्ष पौडेल

रुपन्देही, १२ मङ्सिर (रासस) :

रुपन्देही क्षेत्र नं २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले हालैको निर्वाचनमा कुनै व्यक्ति वा दलले नभई लोकतन्त्रको जित भएको बताउनुभएक

2022-11-28 12:33 PM
Number: 23 Word Count: 212

28

November

    

मङ्सिर २२ देखि अरुण डाँडा महोत्सव

भोजपुर, १२ मङ्सिर (रासस) :

पर्यटन प्रवर्द्धनका लागि मङ्सिर २२ देखि ‘अरुण डाँडा पर्यटन प्रवर्द्धन महोत्सव २०७९’ आयोजना हुने भएको छ । ‘पौवादुङमा गाउँपालिकाको उत्सव, हाम्रो पहिचान संस्कृति सम्पदा आन्तरिक तथा बाह्य पर्यटन महोत

2022-11-28 12:24 PM
Number: 22 Word Count: 210

28

November

    

निटफेस्टमा नाटक मञ्चनसँगै अन्तरक्रिया

काठमाडौं, १२ मङ्सिर (रासस) :

यही मङ्सिर ९ गतेदेखि काठमाडौँमा रहेको मण्डला नाटकघरमा दोस्रो ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२)’ चलिरहेको छ । नाटक हेर्ने संस्कृतिलाई विकास गर्ने उद्देश्यका साथ यसको आयोजना

2022-11-28 12:23 PM
Number: 21 Word Count: 251

28

November

    

तराई-मधेशमा चार हजार मेगावाट विद्युत् खपत गर्ने प्रसारण सञ्जाल बनाइँदै

काठमाडौँ, १२ मङ्सिर (रासस) :

नेपाल विद्युत् प्राधिकरणले देशभित्र उत्पादित विद्युत् आन्तरिकरुपमै खपत बढाउन तराई-मधेशका जिल्लामा करिब चार हजार मेगावाट विद्युत् खपत गर्न सक्ने गरी प्रसारण सञ्चालन बनाउने भएको छ । प्राधिकरणले सन् २०५०

2022-11-28 12:06 PM
Number: 20 Word Count: 478

28

November

    

धनकुटाको मूलघाट केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ, १२ मङ्सिर (रासस) :

धनकुटाको मूलघाट केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १० बजेर ४५ मिनेट जाँदा चार रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि शनिबार राति

2022-11-28 12:00 PM
Number: 19 Word Count: 67

28

November

    

रु तीन सयले घट्यो सुनको मूल्य

काठमाडौँ, १२ मङ्सिर (रासस) :

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु तीन सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार आठ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९७ हजार पाँच सय त

2022-11-28 11:59 AM
Number: 18 Word Count: 113

28

November

    

समानुपातिकतर्फ ९३ लाख मत गनियो

काठमाडौँ, १२ मङ्सिर (रासस) :

प्रतिनिधिसभा र प्रदेशसभाको यही मङ्सिर ४ गते भएको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ कूल ९३ लाख पाँच हजार सात सय ६६ मत गणना गरिएको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलको चुनाव चिन्हमा मत

2022-11-28 11:28 AM
Number: 17 Word Count: 410

28

November

    

केपिलासगढीमा विद्यार्थीको ‘होमवर्क’ जाँच कार्यक्रम

–केदार मगर

खोटाङ, १२ मङ्सिर (रासस) ः केपिलासगढी गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको गृहकार्य परीक्षण कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । विद्यार्थीलाई शैक्षिक क्रियाकलापमा थप क्रियाशील गर

2022-11-28 10:52 AM
Number: 16 Word Count: 584

28

November

    

गढ मानिने चितवन ३ मा कांग्रेस पाँचौँ

चितवन, १२ मङ्सिर (रासस) ः

दोस्रो संविधानसभा निर्वाचनमा देशैभरमा सबैभन्दा सुरक्षित ठाउँ मानेर तत्कालीन नेपाली कांग्रेसका सभापति सुशील कोइराला चितवनको तत्कालिन क्षेत्र नं ४ बाट उम्मेदवार बन्नुभयो । भारी मतले उहाँ विजयी पनि हुनुभ

2022-11-28 10:16 AM
Number: 15 Word Count: 521

28

November

    

कर्णाली प्रदेश ः प्रत्यक्षमा महिला शून्य, प्रदेशसभामा एकमात्र दलित सदस्य

कर्णाली, १२ मङ्सिर (रासस) ः

कर्णाली प्रदेशसभामा प्रत्यक्षतर्फ एकमात्र दलित प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको छ । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत हुम्ला प्रदेश (१)बाट नेकपा (माओवादी केन्द्र)

2022-11-28 09:47 AM
Number: 14 Word Count: 391

28

November

    

धनुषा- ४ मा कांग्रेसका यादवको अग्रता

धनुषा, १२ मङ्सिर (रासस) ः

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत धनुषा– ४ मा मतगणना जारी रहेको छ । मतगणना जारी रहँदा नेपाली कांग्रेसका महेन्द्र यादवले आफ्नो अग्रता बढाउँदै लानुभएको छ । मतगण

2022-11-28 09:36 AM
Number: 13 Word Count: 92

28

November

    

विवाहपञ्चमीका जन्ती महोत्तरीबाट जनकपुर प्रस्थान

महोत्तरी, १२ मङ्सिर (रासस) ः

मिथिलाको सांस्कृतिक पर्व विवाहपञ्चमी महोत्सवका जन्ती आज बिहान महोत्तरीको मटिहानीबाट जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका छन् । आइतबार मटिहानी पुगेका भारतीय साधुसन्त एकरात श्रीलक्ष्मीनारायण मठ म

2022-11-28 09:18 AM
Number: 12 Word Count: 458

28

November

    

मधेश प्रदेशः सरकार बनाउन दुवै गठबन्धनलाई जनमत र स्वतन्त्र निर्णायक

–टीकाराम सुनार

जनकपुरधाम, १२ मङ्सिर ९रासस०ः यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मधेश प्रदेशसभामा प्रत्यक्षतर्फ ६३ क्षेत्रको अन्तिम नतिजा आउँदा कुनै राजनीतिक दलले स्पष्ट बहुमत प्राप्त गर्

2022-11-28 09:08 AM
Number: 11 Word Count: 453

28

November

    

उम्मेदवारले खर्च विवरण बुझाउन थाले

त्रिशूली, १२ मङ्सिर (रासस) ः

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएसंगै निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवार खर्च विवरण बुझाउन हतारिएका छन् । गत वैशाखमा सम्पन्न स्थानीयतहको निर्वाचनका समयसीमाभित्र खर्च विवरण नबुझाएका

2022-11-28 08:53 AM
Number: 10 Word Count: 372

28

November

    

‘निर्वाचित प्रतिनिधि सबैको साझा बन्नुपर्छ’

टीकापुर, १२ मङ्सिर (रासस) ः

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचित प्रतिनिधि सबैका साझा बन्नुपर्ने स्थानीय बताउँछन् । स्थानीय झरना रिमाल भन्नुहुन्छ, “निर्वाचनका बेला गाउँमा भएको चहलपहलको प्रभाव हट्न महिनौँ लाग्छ । जितेका पा

2022-11-28 08:13 AM
Number: Word Count: 243

28

November

    

किवीले बजार पाएन भन्दछन् ः कहाँ लैजाने र बिक्री गर्ने

ताप्लेजुङ, १२ मङ्सिर (रासस) ः

ताप्लेजुङको फुङलिङ नगरपालिकास्थित दोखुका राजकुमार गुरुङले यस वर्ष झण्डै ३० क्विन्टल किवी उत्पादन गर्नुभएको छ । व्यावसायिकरुपमा केही वर्षदेखि किवीको खेती गर्दै आउनुभएका उहाँलाई नपाक्दासम्म रोग कीरा

2022-11-28 07:53 AM
Number: Word Count: 483

28

November

    

कर्णाली प्रदेशसभा ः नयाँ अनुहारको वर्चश्व

सुर्खेत, १२ मङ्सिर (रासस)ः

कर्णाली प्रदेशसभातर्फको २४ ‘सिट’मा छ जना मात्रै पुराना अनुहार दोहोरिएका छन् । कर्णालीमा स्वतन्त्रको लहर नदेखिए पनि नयाँ अनुहारलाई निर्वाचित गरेर नयाँ सन्देश दिइएको छ । यसरी दोहोरिनेमा बहालवाला मुख्यमन

2022-11-28 07:44 AM
Number: Word Count: 516

28

November

    

स्पेन र जर्मनीको खेल बराबरी

काठमाडौँ, १२ मङ्सिर (रासस) ः

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा स्पेन र जर्मनीले बराबरी खेल्दै अङ्क बाडेका छन् । अल बेयत रङ्गशालामा आज बिहान सम्पन्न खेलमा स्पेन र जर्मनीले १–१ गोलको बराबरी खेल्दै अङ्क बाडेका हुन् । निकै प

2022-11-28 07:30 AM
Number: Word Count: 101

28

November

    

विद्यालय जाँदा आउँदा दैनिक छ घण्टा बिताउनुपर्छ

–भूमिराज पिठातोली

बझाङ १२ मङ्सिर (रासस) ः दोगडाकेदार गाउँपालिका–१ बैतडीका प्रकाश विष्ट भर्खर किशोरावस्थामा प्रवेश गर्नुभयो । गोरङ घर भएका उहाँलाई विद्यालय जान ‘निल्नु न ओकेल्नु’ जस्तै भएको छ । बिहान पढाइ हुने बेलामा सा

2022-11-28 07:26 AM
Number: Word Count: 763

28

November

    

एभरेष्ट मिडियाद्वारा आश्रमलाई सहयोग

गण्डकी, १२ मङ्सिर (रासस) ः

पोखरास्थित एभरेष्ट एफएमले मानवसेवा आश्रम पोखराको भवन निर्माणार्थ सहयोग गर्ने भएको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एफएमको दोस्रो वार्षिकोत्सवका अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायि

2022-11-28 07:06 AM
Number: Word Count: 174

28

November

    

झापामा धानको उत्पादकत्व बढ्यो

बनियानी, १२ मङ्सिर (रासस) ः

झापामा वर्षे धानको उत्पादकत्व बढेको छ । गत वर्षभन्दा धान खेतीको क्षेत्रफल घटे पनि यस वर्ष धानको उत्पादकत्व बढेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । यस वर्ष जिल्लामा वर

2022-11-28 06:50 AM
Number: Word Count: 144

28

November

    

विश्वकप फुटबल ः क्रोएसियाद्वारा क्यानडा पराजित

काठमाडौँ, १२ मङ्सिर (रासस) ः

कतारमा जारी फिफा विश्वकप फुटबलमा क्रोएसियाले क्यानडालाई पराजित गर्दै पहिलो जित दर्ता गरेको छ । कतारको खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा आज भएको खेलमा क्रोएसियाले क्यानडालाई ४–१ गोल अन्तरले हरा

2022-11-28 06:33 AM
Number: Word Count: 170

28

November

    

विवाह पञ्चमी पर्व देशभर मनाइँदै

काठमाडौँ, १२ मङ्सिर (रासस) ः

प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रुपमा विवाह गरिदिएर देशभर मनाइँदैछ । त्रेता युगमा आजअर्थात् मार्गशीर्ष

2022-11-28 06:25 AM
Number: Word Count: 395

अझै बनेनन् भेरी करिडोरका पुल

जाजरकोट, १२ मङ्सिर (रासस) ः एक वर्षभित्र पूरा गर्ने भन्दै निर्माण सुरु गरिएका भेरी करिडोर भित्रका पुल अझै निर्माण हुन सकेका छैनन् । करिडोरभित्र जाजरकोट–डोल्पा सडकखण्डभित्र पुल निर्माण हुन नसकेका हुन् । रु तीन करोड ८५ लाखमा उक्त पुल निर्माणको जिम्मेवारी हिम सगरमाथा, खड्का कृष्ण जेभीले लिएको थियो । विसं २०७८ पुस १६ गते पुल निर्माणको सम्झौता भएको थियो भने २०७९ असार १५ गतेभित्र निर्माण पूरा गर्ने सम्झौता रहेको सडक डिभिजन कार्यालय चौरजहारीले बताएको छ । तोकिएको समयमा काम नगर्दा छ महिना थपेर पुस मसान्तसम्म निर्माण गर्न सडक डिभिजन कार्यालयले निर्माण कम्पनीका बुद्धिबहादुर खत्रीलाई प्रतिबद्धता गराएको डिभिजन प्रमुख आशुतोष कर्णले बताउनुभयो । उहाँले भन्नुभयो, “तल्लु बगरको पुल भेरी करिडोरअन्तर्गत निर्माण गरिनुपर्ने मुख्य पुल हो । यसले डोल्पालाई सडक सञ्जालसँग जोड्ने काम गर्छ । हाल त्यस ठाउँमा पक्की पुल नभएको भएर ढुवानी अत्यधिक महँगो छ । हालसम्म यसको एकतिरको फाउन्डेसन र बीचको पिलरको कार्य भइरहेको छ । प्रगति न्यून रहेकाले निर्माण व्यवसायीलाई कार्यालयमा भौतिक उपस्थिति गराई पुस मसान्तभित्र निर्माण कार्य सक्नुपर्ने प्रतिबद्धता कार्यालयले गराएको छ ।” जाजरकोटको नलगाड नगरपालिका–११ र रुकुमपश्चिम आठबिसकोट–६ अनाह बीचमा रहेको भेरी नदीमा पुल निर्माण नहुँदा यहाँका सर्वसाधारणले दैनिक सास्ती भोग्दै आएको डोल्पाको ठूलीभेरी नगरपालिका दुनैका जयकृष्ण हमालले बताउनुभयो । यो पुल निर्माणको भाका थपिएको म्यादसमेत सकिन केही दिन बाँकी रहँदा पनि काम सुरु नै गरिएको छैन । सडक डिभिजन चौरजहारीले निर्माण गर्न लागेको भेरी नदी माथिको यो पुल राजनीतिक नारा बन्दै आएको छ । अर्थमन्त्री जनार्दन शर्मादेखि पूर्वमन्त्री शक्तिबहादुर बस्नेतको निर्वाचन क्षेत्रभित्र यो पुल पर्ने भएकाले बर्सेनि चुनावी नारा बन्दै आएको छ । यो पुल निर्माण नभएकै कारण डोल्पामा जाने दैनिक उपभोग्य सामग्री महँगो हुँदै आएको छ । त्यस्तै नलगाड–१० चौखामा रहेको ताक्सुगाड र वडा नं ८ को खमाउरे खोलामाथि पुल निर्माण गर्ने भनिए पनि निर्माणको सुरसार नहुँदा बर्सेनि वर्षायाममा यातायातका साधन अवरुद्ध हुने गर्दछन् । त्यस्तै डोल्पाको ठूलीभेरी नगरपालिकाको रुपगाड खोलामा सात वर्षदेखि पुल निर्माण नहुँदा यहाँका सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । काठको लाप्कोमा जोखिमपूर्ण तरिकाले यातायातका साधन राखेर वारपार गराउनुपरेको डोल्पाका प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारीले जानकारी दिनुभयो । सदरमुकाम दुनै र जुफाल जोड्ने मुख्य सडकका साथै भेरी करिडोरभित्रको डोल्पा सदरमुकाम जोड्ने मुख्य पुलका रुपमा यसलाई लिन सकिन्छ । यि पुल निर्माण नहुँदा डोल्पामा उत्पादन भएका स्याउ, जिम्बु र अन्य जडीबुटी ढुवानीमा समस्या थपिँदै आएको छ । सुर्खेत, नेपालगञ्ज, काठमाडौँलगायतका विभिन्न ठाउँबाट रुकुमपश्चिमको आठबीसकोटको माथिल्लो भाग तथा डोल्पा र जाजरकोटको माथिल्लो भागमा ल्याउने सामग्री पुलकै कारण बाधा पुग्दै आएको छ । झोलुङ्गे पुलमा स्थानीय मजदुरद्वारा प्रतिकिलोको रु ४० मा बोकाएर लैजाँदा र ल्याउँदा सामग्रीको मूल्य वृद्धि हुने गरेको छ । रुकुमपश्चिमको आठबीसकोट–१२ मा रहेका खोलामा समेत पुल निर्माण नहुँदा वर्षायाममा यातायातका साधन ठप्प हुने गरेका छन् । सबै ठाउँमा एक वर्षअघि नै पुल निर्माण गर्ने लक्ष्य लिइए पनि अहिलेसम्म काम नै सुरु हुन सकेको छैन । पुल निर्माण नहुँदा दैनिक उपभोग्य सामग्री स्थानीय मजदुरबाट ढुवानी गरेर मूल्य वृद्धि हुने गरेको छ । सबैभन्दा बढी डोल्पाका सर्वसाधारणलाई समस्या हुँदै गएको छ ।