बागमती प्रदेशसभामा नेकपा (माओवादी केन्द्र)का अधिकांश युवा निर्वाचित भएका छन् । गत आइतबार भएको उक्त निर्वाचनअन्तर्गत बागमती प्रदेशमा माओवादीका १४ उम्मेदवार निर्वाचित भएका हुन् । माओवादीबाट निर्वाचित अधिकांश प्रदेशसभा सांसद ५० वर्ष कम उमेरका छन् । रामेछाप निर्वाचन क्षेत्र नं १ (१) बाट ५० वर्षीय तारानारायण श्रेष्ठ र १ (२) बाट ४४ वर्षीय युवराज चौलागाईं, सिन्धुली १ (१) बाट ४७ वर्षीय मातृकाप्रसाद भट्टराई, सिन्धुली २ (२) बाट ५२ वर्षीय गङ्गानारायण श्रेष्ठ, रसुवा १ (२) बाट ५१ वर्षीय इन्द्रप्रसाद गोतामे, नुवाकोट १ (१) बाट ३९ वर्षीय राधिका तामाङ र नुवाकोट २ (१) बाट ७२ वर्षीय रामप्रसाद ढुङ्गाना निर्वाचित हुनुभएको छ । काभ्रेपलाञ्चोक १ (१) बाट ४१ वर्षीय रत्नप्रसाद ढकाल, सिन्धुपाल्चोक १ (२) बाट ४१ वर्षीय सरल सहयात्री पौडेल, सिन्धुपाल्चोक २ (१) बाट ३९ वर्षीय युवराज दुलाल, मकवानपुर २ (१) बाट ४२ वर्षीय कुमारी मुक्तान, मकवानपुर १ (१) बाट ४९ वर्षीय प्रेमबहादुर पुलामी, चितवन (२) बाट ६७ वर्षीय ठाकुरप्रसाद ढकाल, धादिङ १ (२) बाट ५१ वर्षीय शालिकराम जम्मकट्टेल विजयी हुनुभएको छ । जम्मकट्टेल हाल बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना र ढकाल युवा तथा खेलकूदमन्त्री र तामाङ बागमती प्रदेशको उपसभामुख हुनुहुन्छ । दुलाल यसअघि बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री हुनुहुन्थ्यो । सरल सहयात्री माओवादीको बागमती प्रदेशको अध्यक्ष हुनुहुन्छ बागमती प्रदेशसभामा माओवादीका युवा अनुहार।