मधेस प्रदेशसभामा यसपटक केही पुराना र केही नयाँ अनुहारलाई जनताले जनप्रतिनिधिका रुपमा पठाएका छन् । फरक दल, फरक समुदाय, फरक उमेर र फरक वर्गको प्रतिनिधित्व मधेस प्रदेशसभामा देखिने भएको छ । प्रदेशसभामा प्रत्यक्ष निर्वाचित ६४ जना र समानुपातिक ४३ जना गरी जम्मा एक सय सात सदस्यीय सांसद चुनिने व्यवस्था रहको छ । अघिल्लो निर्वाचनमा चुनिएका कतिपय सांसद यसपटक पनि पुनःदोहोरिएका छन् भने संसद्को पहिलो अनुभव लिन नयाँ अनुहारको समेत उल्लेख्य सङ्ख्यामा प्रदेशसभामा प्रवेश पाउने भएको छ । एक कार्यकाल मुख्यमन्त्रीका रुपमा सरकार सञ्चालन गरी सक्नुभएको लालबाबु राउत फेरि दोहोरिनुभएको छ । जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय नेतासमेत रहनुभएको उहाँ पर्सा क्षेत्र नं १ (२) बाट निर्वाचित हुनु भएको छ । कांग्रेस नेता रामसरोज यादव धनुषा क्षेत्र नं ३ (१) बाट फेरि प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । रामसरोज यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमेत भइसक्नु भएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता जितेन्द्र सोनल पनि बारा क्षेत्र नं ४ (२) बाट दोस्रो पटक निर्वाचित हुनुभएको छ । सोनल मधेस प्रदेशमा भौतिक पूर्वाधार तथा विकासमन्त्री भइसक्नुभएको छ ।
November
‘अविरल जनसाहित्य यात्रा’ कवि ज्ञवालीका कविता
काठमाडौँ, ११ मङ्सिर (रासस) ः
राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालको ‘अविरल जनसाहित्य यात्रा’को ७३ औँ शृङ्खलामा कवि रूद्र ज्ञवालीका एक दर्जन कविता प्रस्तुत गरिएको छ । भैरहवाका प्रगतिवादी कवि ज्ञवालीले सामाजिक रूपान्तरण र राष्ट्रियताक
2022-11-27 12:22 PM
Number: 30 Word Count: 195
27
November
भटमास खेतीबाट मनग्य आम्दानी
–राजेन्द्रप्रसाद पनेरु
कञ्चनपुर, ११ मङ्सिर(रासस)ः दोधारा चाँदनी नगरपालिका ९ का उत्तम सिंह घिमिरेले भटमास खेती गरेर राम्रैसँग आम्दानी गर्दै आउनु भएको छ । गत वर्ष उहाँले दुई विघा जग्गामा भटमास खेती गर्दा करिव रु डेढ लाख आम्द
2022-11-27 12:17 PM
Number: 29 Word Count: 449
27
November
मधेस प्रदेशसभामा नयाँ–पुराना अनुहारको मिश्रण
–अजयकुमार साह
धनुषा, ११ मङ्सिर (रासस) : मधेस प्रदेशसभामा यसपटक केही पुराना र केही नयाँ अनुहारलाई जनताले जनप्रतिनिधिका रुपमा पठाएका छन् । फरक दल, फरक समुदाय, फरक उमेर र फरक वर्गको प्रतिनिधित्व मधेस प्रदेशसभामा देखि
2022-11-27 11:55 AM
Number: 28 Word Count: 715
27
November
नेपालगञ्जमा सडक अतिक्रमण हटाउन सुरु
राँझा, ११ मङ्सिर (रासस)
नेपालगञ्ज उपमहानगरपालिकाले नगरक्षेत्रको सडक अतिक्रमण हटाउन सुरु गरेको छ । सडकपेटी र नाली अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन अभियान नै सुरु गरिएको नगर प्रमुख प्रशान्त विष्टले जानकारी दिनुभयो ।
2022-11-27 11:40 AM
Number: 27 Word Count: 121
27
November
बाजुरामा मतगणना अनिश्चित
बाजुरा, ११ मङ्सिर (रासस):
मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना अनिश्चित बनेको छ । जिल्लाका विभिन्न मतदान केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताले बुथ कब्जा गरी फर्जी मत ख
2022-11-27 10:42 AM
Number: 26 Word Count: 308
27
November
चन्द्रागिरिमा रु एक अर्ब बढीे लागतको बृहत् खानेपानी आयोजना स्वीकृत
काठमाडौँ, ११ मङ्सिर (रासस):
चन्द्रागिरि नगरपालिकामा ‘सहरी खानेपानी तथा सरसफाइ क्षेत्रगत आयोजना’ कार्यान्वयनमा आउने भएको छ । चन्द्रागिरिको खानेपानी तथा ढल निकासको दीर्घकालीन समाधान खोज्न कार्यान्वयनमा ल्याइएको सो आयोजना चन्द्रागि
2022-11-27 10:23 AM
Number: 25 Word Count: 503
27
November
निर्वाचित प्रतिनिधिलाई प्रमाणपत्र वितरण
अत्तरिया, ११ मङ्सिर (रासस):
कैलाली क्षेत्र नं ४ बाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यलाई निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं ४ ले प्रमाणपत्र वितरण गरेको छ । निर्वाचन अधिकृत इन्द्रबहादुर कठायतले प्रतिनिधिसभामा निर्व
2022-11-27 10:10 AM
Number: 24 Word Count: 73
27
November
मोटरसाइकल दुर्घटना हुँदा एकको मुत्यु
तेह्रथुम, ११ मङ्सिर (रासस) :
तेह्रथुममा गए राति भएको मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । फेदाप गाउँपालिका–२ ओयाक्जुङका ४२ वर्षीय चन्द्रबहादुर लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रवक्ता छिपिन्जो
2022-11-27 10:06 AM
Number: 23 Word Count: 69
27
November
मधेसबाट माओवादीको निर्वाचन चिह्न जोगाउने राय
जनकपुरधाम, ११ मङ्सिर (रासस) :
मधेस प्रदेशबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)को निर्वाचन चिह्न जोगाउने महेन्द्र राय यादव एक्लो सांसद हुनुभएको छ । माओवादी केन्द्रले मधेस प्रदेशका चार क्षेत्रमा उम्मेदवारी दिएकामा सबै
2022-11-27 10:00 AM
Number: 22 Word Count: 319
27
November
‘बधाई लिने समय आएको छैन,सबै मिलेर विकासका काम गरौँ’
भरतपुर, ११ मङ्सिर (रासस):
भरतपुर महानगरपालिकाको सहिदचोक–धर्मचोक–कचपचे सडकखण्डअन्तर्गतको धर्मचोक क्षेत्रमा निर्माण सुरु भएको लामो समय हुँदा पनि कालोपत्र हुनसकेको छैन । यसका कारण बर्खायाममा सडक हिलाम्मे हुने र हिउँदमा धुलो उडेर
2022-11-27 09:38 AM
Number: 21 Word Count: 443
27
November
भोटेकोसीका होटल तथा रिसोर्ट लयमा फर्किदै
चौतारा, ११ मङ्सिर (रासस) :
पछिल्लो समय सिन्धुपाल्चोकको भोटेकोसीमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्न थालेको छ । विश्वकै उत्कृष्ट १५ बन्जीजम्पभित्र पर्ने सो स्थानमा कोभिड महामारीसँगै पर्यटन सुस्ताएको थियो । भोटेकोसीमा आन्तरिक
2022-11-27 09:27 AM
Number: 20 Word Count: 125
27
November
नवनिर्वाचित जनप्रतिनिधि ः खुसी साट्दै, मतदातालाई धन्यवाद दिँदै
ढोरपाटन, ११ मङ्सिर (रासस) ः
यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरु गाउँ–गाउँमा पुगेर खुसी साट्दै मतदातालाई धन्यवाद दिन थालेका छन् । बागलुङ–१ र २ मा नवनिर्वाचित प्रदेश तथा प
2022-11-27 09:03 AM
Number: 19 Word Count: 382
27
November
म्याग्दीमा मतदाता शिक्षा प्रभावकारी हुन सकेन
म्याग्दी, ११ मङ्सिर (रासस)ः
यही मङ्सिर ४ गते भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा जिल्लामा तीनदेखि छ प्रतिशत मत बदर भएको छ । विसं २०७४ चुनावका तुलनामा बदर मतको दर घटे पनि मतदाता शिक्षा अझै प्रभावकारी हुन नसकेको देखिन्छ ।
2022-11-27 08:47 AM
Number: 18 Word Count: 522
27
November
बागलुङमा बदर मत घट्यो
गलकोट, ११ मङ्सिर (रासस)ः
यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बागलुङ जिल्लामा ४.५२ प्रतिशत मत बदर भएको छ । गत स्थानीय तहको निर्वाचनमा १० प्रतिशत मत बदर भएकामा अहिले मत बदर सङ्ख्या कम भएको हो ।
2022-11-27 08:40 AM
Number: 17 Word Count: 482
27
November
विश्वकप फुटबलमा आज चार खेल हुँदै
काठमाडौँ, ११ मङ्सिर (रासस) :
कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । विश्वकपमा समूह चरणअन्तर्गत समूह ‘इ’ र समूह ‘एफ’ का समान दुई–दुई खेल हँुदैछन् । पहिलो खेलमा समूह ‘इ’ मा रहेको जापान र कोस्टारिकाबीच प्
2022-11-27 08:32 AM
Number: 16 Word Count: 235
27
November
उत्कृष्ट करदाता सम्मानित
त्रिशूली, ११ मङ्सिर (रासस):
नुवाकोट, रसुवा र धादिङबाट गत आर्थिक वर्षमा सबैभन्दा बढी कर तिर्ने उद्योग व्यापार सेवा र सार्वजनिक संस्थाका दुई करदाता सम्मानित भएका छन् करदाता सेवा कार्यालय गल्छीले उद्योग व्यापार सेवातर्फ नुवाकोट
2022-11-27 07:58 AM
Number: 15 Word Count: 149
27
November
गुल्मीमा धान उत्पादनमा कमी आयो
गुल्मी, ११ मङ्सिर (रासस) :
गुल्मीमा यस पटक धान उत्पादनमा कमी आएको छ । गत वर्ष जिल्लामा २७ हजार आठ सय सात मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष २३ हजार सात सय १८ मेट्रिक टनमात्र उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । सु
2022-11-27 07:54 AM
Number: 14 Word Count: 371
27
November
पाल्पामा समानुपातिकमा एमालेको अग्रता
रामपुर ९पाल्पा०, ११ मङ्सिर ९रासस०ः
यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पाल्पामा समानुपातिकतर्फ नेकपा ९एमाले० अग्रस्थानमा रहेको छ । एमालेले जिल्लामा सबैभन्दा धेरै मत ल्याएर पहिलो भएको छ भने नेपाली कांग्रेस
2022-11-27 07:44 AM
Number: 13 Word Count: 299
27
November
तनहुँमा समानुपातिकतर्फ काङ्ग्रेस पहिलो
दमौली, ११ मङ्सिर (रासस)ः
तनहुँ जिल्लामा समानुपातिकतर्फ नेपाली कांग्रेस पहिलो भएको छ । जिल्लाका दुवै प्रतिनिधिसभा सदस्यतर्फ समानुपातिकमा धेरै मत प्राप्त गरी कांग्रेसले अग्रता लिएको हो । तनहुँ–१ र २ तर्फ कांग्रेसले ४२ हजार
2022-11-27 07:22 AM
Number: 12 Word Count: 303
27
November
कैलालीमा घोरीघोरा लवाङ्गी पूजा
पहलमानपुर, ११ मङ्सिर (रासस):
कैलाली घोडाघोडीमा घोरीघोरा लवाङ्गी पूजा तथा थारू सांस्कृतिक महोत्सव २०७९ सुरु भएको छ । घोडाघोडी तथा संस्कृति संरक्षण समाजको आयोजनामा ‘थारु भाषा, कला, धर्म, संस्कृति के गरी सम्मान, घोरीघोरा धार्मिक पर्
2022-11-27 06:54 AM
Number: 11 Word Count: 299
27
November
महोत्तरी–१ मा एमालेका महतो निर्वाचित
महोत्तरी, ११ मङ्सिर (रासस) :
महोत्तरी–१ मा नेकपा (एमाले)का लक्ष्मी महतो निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न मतगणना परिणामअनुसार उहाँले आफ्ना निकटतम् प्रतिष्पर्धी नेकपा (माओवादी केन्द्र)का गिरिराजमणि पोखरेलाई एक हजार ३१ मतले
2022-11-27 06:53 AM
Number: 10 Word Count: 124
27
November
यस्तो छ कर्णालीको निर्वाचन नतिजा
सुर्खेत, ११ मङ्सिर (रासस)ः
यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । अन्तिम नतिजाअनुसार प्रतिनिधिसभामा नेकपा (माओवादी (केन्द्र) र नेप
2022-11-27 06:42 AM
Number: 9 Word Count: 280
27
November
कालीकोटमा समानुपातिकतर्फ माओवादी पहिलो
मान्म, ११ मङ्सिर (रासस)ः
कालीकोटमा नेकपा (माओवादी केन्द्र) प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिकतर्फ पहिलो पार्टी बनेको छ । यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक मतमाको शनिबार राति सकिएक
2022-11-27 06:28 AM
Number: 8 Word Count: 211
27
November
प्रत्यक्षतर्फ १५४ सिटको टुङ्गो लाग्दा यी ११ स्थानमा बाँकी
काठमाडौँ, ११ मङ्सिर (रासस) :
आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार कुल १६५ निर्वाचन क्षेत्रमध्ये आइतबार विहानसम्म १५४ वटा सिटको टुङ्गो लागेको छ भने अझै ११
2022-11-27 04:14 AM
Number: 7 Word Count: 412
27
November
प्रत्यक्षतर्फ कांग्रेस अगाडि
काठमाडौँ, ११ मङ्सिर (रासस) :
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसको अग्रता कायमै छ । निर्वाचन आयोगका अनुसार आज बिहान ३ बजेसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक सय ६५ मध्ये एक सय ५४ क्षेत्रको मतपर
2022-11-27 03:49 AM
Number: 6 Word Count: 485
27
November
अर्जेन्टिना विजयी
काठमाडौँ, ११ मङ्सिर (रासस) :
कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘सि’ अन्तर्गतको आज भएको खेलमा अर्जेन्टिना विजयी भएको छ । अर्जेन्टिनाले मेक्सिकोलाई २–० गोलअन्तरले पराजित गरेको हो । समूह चरणको आफ्नो पहिलो खेलमा साउदी अ
2022-11-27 03:30 AM
Number: 5 Word Count: 91
27
November
भक्तपुरमा समानुपातिकतर्फ नेमकिपा पहिलो
भादगाउँ, मंसिर १० (रासस) :
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) पहिलो दल बनेको छ । प्राप्त मतका आधार नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौंथो ठूलो
2022-11-27 02:32 AM
Number: 4 Word Count: 280
27
November
सुवास नेम्वाङ्गको संसदीय यात्रा
काठमाडौँ, ११ मंसिर (रासस) :
नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्ग इलाम क्षेत्र नं २ बाट विजयी हुनुभएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार नेता नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेपा
2022-11-27 01:54 AM
Number: 3 Word Count: 279
27
November
३१ वर्षपछि कालीकोटमा कांग्रेसको जीत
मान्म, १० मङ्सिर (रासस) :
पछिल्लो ३१ वर्षमा मुलुकमा सात वटा निर्वाचन भए । यसअघिका छ वटा निर्वाचनमा कालीकोटमा नेपाली कांग्रेसले एकपटक मात्रै जीत हासिल गरेको थियो । विसं २०४८ सालमा कांग्रेसका तिलकप्रसाद न्यौपानेले विजयी भएपछ
2022-11-27 01:28 AM
Number: 2 Word Count: 259
27
November
फ्रान्स बिजयी
काठमाडौं, ११ मंसिर (रासस) :
कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘डि’को खेलमा डेनमार्कलाई पराजित गर्दै फ्रान्स विजयी भएको छ । दोहास्थित रंगशाला ९७४ रंगशालामा आज भएको खेलमा फ्रान्सले डेनमार्कलाई २–१ गोलअन्तरले पराजित ग
2022-11-27 01:01 AM
Number: 1 Word Count: 129
मधेस प्रदेशसभामा नयाँ–पुराना अनुहारको मिश्रण
धनुषा, ११ मङ्सिर (रासस) : मधेस प्रदेशसभामा यसपटक केही पुराना र केही नयाँ अनुहारलाई जनताले जनप्रतिनिधिका रुपमा पठाएका छन् । फरक दल, फरक समुदाय, फरक उमेर र फरक वर्गको प्रतिनिधित्व मधेस प्रदेशसभामा देखिने भएको छ । प्रदेशसभामा प्रत्यक्ष निर्वाचित ६४ जना र समानुपातिक ४३ जना गरी जम्मा एक सय सात सदस्यीय सांसद चुनिने व्यवस्था रहको छ । अघिल्लो निर्वाचनमा चुनिएका कतिपय सांसद यसपटक पनि पुनःदोहोरिएका छन् भने संसद्को पहिलो अनुभव लिन नयाँ अनुहारको समेत उल्लेख्य सङ्ख्यामा प्रदेशसभामा प्रवेश पाउने भएको छ । एक कार्यकाल मुख्यमन्त्रीका रुपमा सरकार सञ्चालन गरी सक्नुभएको लालबाबु राउत फेरि दोहोरिनुभएको छ । जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय नेतासमेत रहनुभएको उहाँ पर्सा क्षेत्र नं १ (२) बाट निर्वाचित हुनु भएको छ । कांग्रेस नेता रामसरोज यादव धनुषा क्षेत्र नं ३ (१) बाट फेरि प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । रामसरोज यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमेत भइसक्नु भएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता जितेन्द्र सोनल पनि बारा क्षेत्र नं ४ (२) बाट दोस्रो पटक निर्वाचित हुनुभएको छ । सोनल मधेस प्रदेशमा भौतिक पूर्वाधार तथा विकासमन्त्री भइसक्नुभएको छ । त्यस्तै पर्सा क्षेत्र नं २ (२) बाट लोसपाकै रमेशप्रसाद कुर्मी पनि फेरि निर्वाचित हुनु भएको छ । उहाँ २०७४ को निर्वाचनमा तत्कालीन राजपाबाट निर्वाचित हुनु भएको थियो । पर्साकै क्षेत्र नं ४ (१) बाट कांग्रेसका शङ्करप्रसाद चौधरी पनि दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । दोस्रो पटक निर्वाचित हुनुहुनेमा रौतहट–४ (२) बाट जसपाका शेष अबुल कलाम आजाद पनि पर्नुहुन्छ । यसैगरी सर्लाहीबाट चार जना प्रदेश सांसद दोस्रो पटक निर्वाचित हुनु भएको छ । सर्लाही क्षेत्र नं १ (१) बाट लोसपाका उपेन्द्र महतो र (२) बाट वेंची लुङेली, क्षेत्र नं ३ (२) बाट जसपाका सञ्जयकुमार यादव तथा क्षेत्र नं ४ (१) बाट कांग्रेसका वीरेन्द्रप्रसाद सिंहले प्रदेशसभामा पुनः निर्वाचित भई सिट सुरक्षित गर्नुभएको छ । कांग्रेसका सिंह यसअघि प्रदेशको महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रीसमेत भइसक्नु भएको छ । त्यस्तै महोत्तरी क्षेत्र नं ३ (१) मा लोसपाबाट उम्मेदवार बन्नुभएका अभिराम शर्मा र ३ (२) बाट रानी शर्मा पुनःनिर्वाचित हुनु भएको छ । अभिराम शर्माले सामाजिक विकास राज्यमन्त्री को समेत जिम्मेवारी सम्हाली सक्नुभएको छ । उहाँले मधेस प्रदेश सरकारका मुख्य न्यायाधिवक्ताबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिनु भएको जसपाका दीपेन्द्र झालाई झिनो मतले पराजित गर्नुभएको हो । धनुषा क्षेत्र नं २ (२) मा जसपाका रामाशिष यादव पनि दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । सप्तरी क्षेत्र नं ३ (१) मा कांग्रेसका मोहम्मद समिम पनि दोस्रो पटक निर्वाचित हुनुभएको छ । केही नयाँ अनुहार पर्सा क्षेत्र नं १ (१) बाट निर्वाचित माओवादी केन्द्रका रहवर अन्सारी, पर्सा क्षेत्र नं २ (१) बाट निर्वाचित कांग्रेसका श्यामप्रसाद पटेल, पर्सा क्षेत्र नं ३ (२) बाट जित्नु भएको कांग्रेसका जनार्दन सिंह क्षेत्रीको प्रदेशसभामा यो पहिलो यात्रा हो । यस्तै बारा क्षेत्र नं ३ (१) बाट निर्वाचित एमालेको रवीन्द्र दास श्रेष्ठ, बाराकै क्षेत्र नं ४ (१) बाट निर्वाचित एमालेका देवनारायण थारू पनि प्रदेशसभाका लागि नयाँ हुुनुहुन्छ । रौतहटमा प्रदेशसभामा निर्वाचित सातमध्ये छ नयाँ हुनुहुन्छ । क्षेत्र नं १ (१) बाट नागेन्द्र साह र (२) बाट कृष्णप्रसाद यादव निर्वाचित निर्वाचित हुनु भएको छ । कांग्रेसका दुवै नेताको पनि यो प्रदेशसभाको पहिलो यात्रा हो । कृष्ण यादव कांग्रेसका प्रदेश सभापति पनि हुनुहुन्छ । क्षेत्र नं २ (१) मा एमालेका मोहम्मद जैद आलम, क्षेत्र नं २ (२) बाट निर्वाचित कनिश पटेल, क्षेत्र नं ३ (१) मा स्वतन्त्र उम्मेदवार केशव राय र क्षेत्र नं ४ (१) मा निर्वाचित माओवादीका युवराज भट्टराई पनि नयाँ हुनुहुन्छ ।