प्रदेशसभा क्षेत्रमा वामलोकतान्त्रिक गठबन्धनका उम्मेदवार विजयी भए । विजयीमध्ये दुईजना उम्मेदवार आफ्नै क्षेत्रमा दोहोएका छन भने अन्य दुई संविधानसभा सदस्य भर्खरै प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । प्रदेशसभामा दोहो¥याउनेमा प्रतिनिधिसभा १ अन्तर्गत प्रदेशसभा १ मा गठबन्धनका तर्फबाट नेकपा ९माओवादी केन्द्र०का उम्मेदवार रत्नप्रसाद ढकाल र प्रतिनिधिसभा–२ प्रदेशसभा १ मा नेकपा ९एकीकृत समाजवादी०बाट लक्ष्मण लम्साल हुनुहुन्छ । यस्तै संविधानसभा सदस्य नेपाली कांग्रेसका तीर्थ लामा प्रतिनिधिसभा १ अन्तर्गत प्रदेशसभा क्षेत्र २ र प्रतिनिधिसभा–२ प्रदेशसभा २ मा कांग्रेसकै कञ्चनचन्द्र वादे श्रेष्ठ विजयी हुनुभएको छ । उहाँहरु वाग्मती प्रदेशसभाको संसदीय यात्राको पहिलो अनुभव लिने क्रममा हुनुहुन्छ । प्रदेशसभा सदस्यमा दोहोरिनुभएका ढकालले २० हजार सात सय २० मत प्राप्त गरी मुख्य प्रतिस्पर्धी एमालेका दिलबहादुर तामाङलाई नौ हजार चार सय ४२ मतान्तरले पराजित गर्नुभयो । उहाँ विसं २०३७ मा देउराली गाउँपालिका–५ जन्मिनुभएको हो । गाउँका तत्कालीन माओवादी नेताहरू यानप्रसाद गौतम, तीर्थ गौतम, नवीन गौतम, दिननाथ गौतमलगायतको राजनीतिबाट प्रभावित भएर राजनीति सुरु गर्नुभएका ढकाल ०५० सालमा तत्कालीन नेकपा ९एकता केन्द्र०को भातृसङ्गठन अनेरास्ववियू ९क्रान्तिकारी० मा सङ्गठित हुनुहुन्थ्यो । विसं २०५६ मा अखिल ९क्रान्तिकारी०को पूर्णकालीन सदस्यको रूपमा लाग्नुभएका ढकाल संगठनको विभिन्न जिम्मेवारीमा रहनुभएको थियो । २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको ढकाल हाल वाग्मती प्रदेशको युवा त