कालीकोट प्रदेशसभा ‘१’ मा नेकपा माओवादी केन्द्रका दुर्गबहादुर रावत विजयी हुनुभएको छ । रावतले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का कुर्मराज शाहीसँग एक हजार ५९ मतान्तरले विजयी हुनुभएको हो । रावतले नौ हजार ११ मत ल्याउनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका कुर्मराज शाहीले सात हजार नौ सय ५२ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय कालीकोटले जनाएको छ । प्रदेशसभा ‘१’ मा ३५ हजार तीन सय ५१ मतदातामध्ये १९ हजार नौ सय ३१ मत खसेको जिल्ला मुुख्य निर्वाचन अधिकृत भरत लम्सालले जानकारी दिनुभयो । त्यसमध्ये रावतले नौ हजार ११, शाहीले सात हजार नौ सय ५२, राप्रपाका उम्मेदवार सूर्यबहादुर शाहीले एक हजार ७१ मत प्राप्त गर्नुभएको लम्सालको भनाइ छ । नेमकिपाका रवीन्द्रबहादुर शाहीले एक हजार एक सय ७२ ल्याउनुभएको मुख्य निर्वाचन अधिकृतका कार्यालयले जनाएको छ ।—