सिन्धुपाल्चोक– १ मा लोकतान्त्रिक –वाम गठबन्धनका माओवादीका उम्मेदवार माधव सापकोटा ‘सुबोध’ विजयी हुनुभएको छ । गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य एवं प्रदेशसभा निर्वाचनको भर्खर सम्पन्न मतगणनामा उहाँले नेकपा (एमाले) का सरेश नेपाललाई तीन हजार तीन सय ५४ मतान्तरले पछि पार्दै विजयी हुनुभयो । नवनिर्वाचित सापकोटाले ३० तीन सय ७४ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिद्वन्द्वी नेपालले २७ हजार १८ मत पाउनुभएको निर्वाचन अधिकृत रुद्र सुवेदीले जानकारी दिनुभयो ।