सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा नेकपा माओवादीका माधव सापकोटा विजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले)का सरेश नेपाललाई पराजित गर्नुभएको हो । गठबन्धनको तर्फबाट साझा उम्मेदवार बन्नुभएका सापकोटाले ३० हजार तीन सय ७४ मत मत ल्याउनुभएको जिल्ला निर्वाचन अधिकारी विकास रिजालले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपालले २७ हजार २० मत ल्याउनुभएको छ । सापकोटाले नेपाललाई तीन हजार तीन सय ५४ मतले पराजित गर्नुभएको हो । क्षेत्र नम्बर १ मा भोटेकोसी गाँउपालीका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, लिसँखुपाखर गाउँपालिका, बलेफी गाउँपालिका, जुगल गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालीकाको पाँच वटा वडा समेटिएको छ ।