सप्तरी ३ को (१) मा नेपाली कांग्रेसका उम्मेदवार मोहम्मद समिम विजयी हुनुभएको छ । उहाँले १० हजार छ सय ३० मत ल्याएर निर्वाचित भएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका उम्मेदवार रामप्रसाद मण्डलले आठ हजार पाँच सय ३८ मत प्राप्त गर्नुभएको थियो । सहायक निर्वाचन अधिकृत ध्रुवप्रसाद निरौलाका अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले)का एम्मेदवार जोगेन्द्र भगतले सात हजार तीन सय ४१ मत ल्याउनुभएको छ । –––