रुपन्देहीको क्षेत्र नम्बर ३ को प्रदेशसभा (१) बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका उम्मेदवार सन्तोष पाण्डे विजयी हुनुभएको छ । जनता समाजवादी पार्टी नेपालका उम्मेदवार महेन्द्र यादवलाई पराजित गरी उहाँ दोस्रो पटक प्रदेशसभा सदस्य पदमा निर्वाचित हुनुभएको हो । लोसपाका उम्मेदवार पाण्डेले १४ हजार नौ सय २८ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम उम्मेदवार जसपाका यादवले दश हजार सात सय आठ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत शोभाखर खरेलले जानकारी दिनुभयो –––