मोरङ–४ (१) बाट प्रदेशसभा सदस्यमा नेकपा (एमाले)का उम्मेदवार जयप्रकाश चौधरी निर्वाचित हुनुभएको छ । गत आइतबार सम्पन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनमा उहाँले चार सय छ मतान्तरले विजयी हुनुभएको छ । चौधरीले १५ हजार चार सय ६४ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार गुरुराज घिमिरेले १५ हजार ५८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मणिराम पोखरेलले जानकारी दिनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका आशनारायण माझी थारुले तीन हजार ९नौ सय ३५ मत प्राप्त गर्नुभएको हो ।