आइतबार सम्पन्न प्रनितिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत मकवानपुर २ प्रदेश (१) मा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार कुमारी मोक्तान विजयी हुनुभएको छ । भर्खर सम्पन्न मत गणना अनुसार उहाँले १९ हजार आठ सय ७३ मत ल्याएर जित हात पार्नुभएको हो । उहाँको निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का विष्णुप्रसाद ढकालले १९ हजार पाँच सय ५१ मत प्राप्त गर्नुभएको छ । मोक्तानले तीन सय २२ मत बढी ल्याएर विजयी हुनुभएको निर्वाचन कार्यालयले जनाएको छ ।