बारा–४ प्रदेशसभा सदस्य (२) बाट लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का उम्मेदवार जीतेन्द्र सोनल विजयी हुनुभएको छ । उहाँले चार हजार पाँचय सय ७२ मतान्तरले विजयी हुनुभएको हो । उहाँले कूल १२ हजार एक सय ८१ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)का आत्मराम साहले सात हजार छ सय नौ मत प्राप्त गर्नुभएको हो । स्वतन्त्र उम्मेदवार उमेश कुसवाहाले छ हजार चार सय ८० मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।