नेपाली कांग्रेस पूर्वीनवलपरासीका सभापति महेन्द्रध्वज जिसी गण्डकी प्रदेशसभा सदस्य पदमा निर्वाचित हुनुभएको छ । उहाँ पूर्वी नवलपरासीको प्रदेशसभा निर्वाचन क्षेत्र १(१) बाट निर्वाचित हुनुभएको हो । निर्वाचन कार्यालय अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार जिसीले १५ हजार एक सय ३४ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का रबिन्द्र अधिकारीले १३ हजार नौ सय ८७ मत प्राप्त गर्नुभएको छ । पूर्वी नवलपरासीको प्रदेशसभा निर्वाचन क्षेत्र नं.१(१)मा ६३ हजार ५ सय ३५ मतदाता रहेका थिए । गत आइतबार सम्पन्न निर्वाचनमा ४१ हजार सात सय ४२ रहेको थियो । यसअघि जिल्लाको क्षेत्र नं २ को दुवै प्रदेशसभामा क्रमशः एमालेका पद्मा जिसी र लक्ष्मणबहादुर पाण्डे निर्वाचित भइसक्नुभएको छ । प्रतिनिधिसभातर्फ क्षेत्र नं १ र २ तथा प्रदेशसभा १ को २ मा गणना जारी छ ।