झापा निर्वाचन क्षेत्र नं ५ को प्रदेशसभा (२) बाट नेकपा (एमाले)का होमबहादुर थापा विजयी हुनुभएको छ । गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का रेवतराज पुरीलाई छ हजार आठ सय १४ मतान्तरले पराजित गर्दै थापा प्रदेशसभामा निर्वाचित हुनुभएको हो । थापाले २४ हजार एक सय २९ मत ल्याउनुभएको छ भने गठबन्धनका उम्मेदवार पुरीले १७ हजार तीन सय १५ मत ल्याउनुभएको छ । यो क्षेत्रमा दमक नगरपालिका पूरै र कमल गाउँपालिकाका तीन वडा रहेका छन् । यस क्षेत्रबाट प्रतिनिधिसभामा एमालेका अध्यक्ष केपी शर्मा ओली विजयी भइसक्नुभएको छ ।