७९ मंसिर ३ सिन्धुली । नेपाल कृषिप्रधान देश हो। नेपालीहरू सौखिन भैईरहेका छन । नेपाल कृषिमा परनिर्भर भइरहेकोछ। सरकारले कृषिलाई प्रोत्साहन गर्न विभिन्न योजनाका साथ अनुदान समेत बाडदै आएको छ।तर पनि कृषि क्षेत्रमा कृषकहरूले सहजताको साथ अनुदान तथा कृषी सेवा सम्बन्धि सेवा सुविधा पाएका छैनन् । यसका लागी नेपाल सरकार , कृषी मन्त्रालय तथा कृषि सेवा बिभागहरूले चुस्त दुरुस्त कार्य गर्न सकेको छैन। जस्ले गर्दा कृषिको क्षेत्रमा भने जस्तो सोचेजस्तो सफलता सरकारले पाएको छैन । साथै कृषकहरू पनि कृषि औजार मल, किटनासक औसधि , बिउबिजन, र अन्य सेवा सुबिधाको अभावमा प्रताडित बन्नु परेको छ।
यसै सन्दर्भमा हेमन्त खवरले नेपालका एक किसानलाई जानकारी लिएका छौँ । वहाँ हुनुहुन्छ सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नम्बर ४ सातपत्रे निवासी ८० बर्ष नाघी सकेका सुर्य बहादुर थापा क्षेत्री। वहाँले सरकार सग कुनै अनुदान सेवा सुविधा नलिईकन उनको आफ्नै ४ बिगाहा जमिनमा मानिसहरूलाई गाउँमा चलेको श्रम ज्याला दिएर गरेको घान खेती, मकैखेती, तोरी खेती पशुपालन, फलफूल खेती, घाँस पालन तथा मौसम अनुसारको खेतीहरूबाट मात्रै बार्षिक ४० लाख माथी आम्दानी गरेका छन।यतीबेला वहाँले तोरी खेती गर्नुभएको छ । वहाँको जग्गा पुरै तोरी ढकमक्क फुलेर भरिएको छ । वहाँ भन्नुहुन्छ यसपाली मौसमले साथ दिएर समयमै पानी परिदियो भने तोरीबाट खेती बाट मात्रै करिबकरिब १०लाख जति आम्दानी हुनेछ। पानी परेन भने पनि तोरी अलि कम उत्पादन हुनेछ तैपनि ७ देखि ८ लाख तोरी बाट मात्रै आम्दानी हुनेमा वहाँ सुर्य बहादुर थापा ढुक्क हुनुहुन्छ ।
कृषि नेपालीहरूको जिवीकोपार्जनको मुख्य आधारसिला हो। मिहेनत र लगानसिल भएर कृषि कर्म गर्ने हो भने कृषि बाट मनग्य आम्दानी हुनेछ। यस्को लागि सरकारले कृषकहरू लाई अभिभावकत्वको भुमिका निर्वाह गरिदिनुपर्छ । किसानको लगानीलाई लाई सतप्रतिसत बिमा गरेर नाफामुलक बनाएर किसान लाई प्रोत्साहन गर्नु पर्छ”।