रासायनिक ग्यास चुहावटपछि हैदराबादमा २५ विद्यार्थी बिरामी

७९ मंसिर २ काठमाडौ

हैदराबादको कस्तुरबा सरकारी कलेजको प्रयोगशालामा रासायनिक ग्यास चुहावट हुँदा २५ जना विद्यार्थीहरू बिरामी परेका छन् । उनीहरू एक्कासि चक्कर लागेर बेहोस भएको बताइएको छ । घाइते विद्यार्थीहरूलाई अस्पताल लगिएको र विद्यार्थी अहिले खतरामुक्त रहेको मेडिकल अधिकारीहरुले जनाएका छन् । कुन ग्यास लिक भएको हो भन्ने पत्ता लगाउन फरेन्सिक टोली घटनास्थलमा पुगेको छ । चुहावट कसरी भयो बन्ने बारे अनुसन्धान जारी छ।