७९ कात्तिक काठमाडौं ।

नेपालको प्रमुख अन्तर्राष्ट्रिय त्रिभुवन बिमानस्थल बाट नेपाली र बिदेशी नागरिकहरू आवतजावत गर्ने गर्छन।  विमानस्थलको  भन्सार बिभाग कार्यालयले ४ महिनाको अवधिमा करिबकरिब  साढे ६ किलो  माथि सुन बरामद गरेको त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार बिभागले जनाएको छ । नेपाल आउने नेपाली र बिदेशी नागरिकहरूले अवैध ढंगले लुकाईछिपाई नेपाल भित्र्याउन खोजेको करिबकरिब  ६ करोड  करोड मूल्य बराबरको सुन बरामद गरेको त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार बिभागको कार्यालयले जनाएको छ । नेपाल आवातजावत गर्ने नेपालीहरूले यसरी सुन ल्याउने गतिविधि लामो समय देखि हुँदै आएको छ। यसरी बरामद गरेको सुन कहाँ कसरी राखिएको हुन्छ भन्ने बिषय नेपाली जनताको चासोको बिषय रहेको छ।