७९ कात्तिक १२ काठमाडौ ।
महोत्तरी जिल्लाको भंगाहा नगरपालिका वडा नम्बर ८ मा तिहार र छट पर्वको अबसरमा आयोजित कलस यात्राको सिलसिला विवाद उत्पन्न भएकोमा असामान्य स्थिति सृजना हुनगई घटेको घटनामा २० जना भन्दा धेरै घाइते भएको बिषयमा गृहमन्त्रालयले ५ सदस्यीय छानबिन कमिटी गठन गरेको छ। छानबिन कमिटीमा गृहमन्त्रालयका सहसचिव शिबराम पोख्रेलको संयोजकत्वमा नेपाल प्रहरीका प्रहरी नायब महानिरक्षक उमेसराज जोशि, ससस्त्र प्रहरीका स.प्र.ना.म. किसोर प्रधान, रा.अ.बि. का सह अनुसन्धान निर्देशक बिष्णुमणी आचार्य, गृहमन्त्रालयका उपसचिव बिश्वराज मरासिनी रहेका छन। उक्त कमिटीले घटनाको बारेमा सत्यतथ्य पत्ता लगाई ७ दिन भित्र प्रतिबेदन पेश गर्नेछ।